Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा होम स्टे सघं प्रदेश १ को बैठक

सन्दकपुरमा होम स्टे सघं प्रदेश १ को बैठक

  • लोकल सन्देश
  • बिहिबार, साउन ५ २०७९


सन्दकपुरमा होम स्टे सघं प्रदेश १ को बैठक

फिक्कल । इलामको सन्दकपुरमा सम्पन्न होम स्टे मा सघं प्रदेश १ को बैठक सम्पन्न भएको छ । माइपोखरी सामुदायिक होमस्टेको समन्वयमा माइपोखरीमा सम्पन्न बैठकले प्रदेश १ का १४ वटै जिल्लालाई पर्यटनको माध्यमबाट जोड्ने निर्णय गरेको छ ।

बैठकले दर्ता नभएका होमस्टेहरुलाई समेत संघमा जोड्दै आवश्यक सहयोग गर्ने भएको छ । बैठकले १४ वटै जिल्लालाई जोड्ने बैठक फरक फरक जिल्लामा गर्ने निर्णय समेत गरेको छ । संघका प्रदेश अध्यक्ष विनोद सुब्बाको अध्यक्षतामा भएको बैठकमा सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरि लुंगेलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सन्दकपुर ३ का वडाध्यक्ष लिला बुर्जा, सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राई, श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनबहादुर आले , माइपोखरी सामुदायिक होमस्टेका अध्यक्ष जिवन शिवा, केचना कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली, प्रकाश अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुंगेलीले होमस्टे प्रर्वद्धनका लागि गाउँपालिकाले नीति बनाए अघि बढ्ने बताए । उनले होमस्टे मार्फत पर्यटन प्रर्वद्धनका लागि गाउँपालिका सकारात्मक रहेको बताए ।

बैठक आयोजनाको लागि केचना कञ्चनजंघा पर्यटन समिति र इलाम पर्यटकीय सरोकार समितिले समेत सहयोग गरेको थियो । बैठकमा १४ जिल्लाका ४० भन्दा बढि होमस्टे व्यवसायीहरु सहभागी भएको प्रदेश कोषाध्यक्ष रुद्र घिमिरले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार