Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

संसारकै महंगा अभिनेता, ‘टपगन’बाट लिए १०० मिलियन डलर पारिश्रमिक

संसारकै महंगा अभिनेता, ‘टपगन’बाट लिए १०० मिलियन डलर पारिश्रमिक

  • लोकल सन्देश
  • बिहिबार, साउन ५ २०७९


संसारकै महंगा अभिनेता, ‘टपगन’बाट लिए १०० मिलियन डलर पारिश्रमिक

काठमाडौं । हलिउड अभिनेता टम क्रुज संसारकै महंगो अभिनेता बनेका छन् । नेपालसहित विश्व बजारमा अहिले पनि प्रदर्शन भइरहेको फिल्म ‘टपगन स् माभेरिक’बाट १०० मिलियन अमेरिकी डलर ९१२ अर्ब ८० करोड रुपैयाँ० पारिश्रमिक लिएसँगै उनी महंगो बनेका हुन् ।

भेराइटी म्यागजिनले बिहीबार पारिश्रमिकको आधारमा हलिउडका २६ फिल्म कलाकारको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा रहेका क्रुज अभिनित ‘टपगन’को दोस्रो श्रृंखलाले अहिलेसम्म विश्व बक्स अफिसमा १।२ बिलियन डलर कमाइसकेको छ । अभिनेता विल स्मिथ सूचीको दोस्रो स्थानमा छन् ।

‘इम्यानिसिपेसन’बाट उनले ३५ मिलियन डलर पारिश्रमिक लिएका थिए । ‘किलर्स अफ दी फ्लावर मुन’बाट लियोनार्दो डिकाप्रियोले ३० मिलियन डलर र चौथो स्थानमा रहेका ब्राड पिटले ‘फर्मुला वान ड्रामा’बाट ३० मिलियन डलर पारिश्रमिक लिएका छन् । आगामी तिहार छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘ब्ल्याक आडम’बाट डाउने रक जोन्सनले २२.५ मिलियन डलर पारिश्रमिक लिएका छन् ।

विल फरेल, क्रिस हेम्सवर्थ, भिन डिजेल, टम हार्डी, ज्याकिन फिनिक्स, रायन रिनोल्ड्स र डेन्जल वासिङ्टन समान २० मिलियन डलर पारिश्रमिकसहित सूचीमा छन् । खासगरी एप्पल, नेटफ्लिक्सजस्ता ओटीटी प्लेटफर्मको कारण कलाकार महंगो हुँदै गएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार