Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

‘प्रधानमन्त्रीज्यू, समाजमा त्रास नफैलाइदिनोस्’

‘प्रधानमन्त्रीज्यू, समाजमा त्रास नफैलाइदिनोस्’

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर १३ २०७४


‘प्रधानमन्त्रीज्यू, समाजमा त्रास नफैलाइदिनोस्’

इलाम :  एमाले स्थायी समिति सदस्य तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले कांग्रेसले लज्जाजनक पराजय बेहोर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनबारे समाजमा अनावश्यक त्रास फैलाएको आरोप लगाएका छन्।

इलाम नगरपालिकाको बिब्ल्याँटे बजारमा आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले चुनावपछि लोकतन्त्र सुदृढ हुन्छु भनेर मतदातालाई आश्वस्त पार्नुपर्ने दायित्व भएका प्रधानमन्त्रीले चुनावपछि अधिनायकवाद आउँछ भनेर त्रास फैलाएको नेम्वाङको आरोप छ ।

‘हामी संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न चुनावमा होमिएका छौं’, उनले भने, ‘लोकतन्त्र बलियो हुन्छ भन्नुपर्ने प्रधानमन्त्रीले समाजमा त्रास फैलाउने अभिव्यक्ति दिइरहनुभएको छ। यही संविधानअनुसार भएका प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि भइरहेको चुनावपछि ‘रुन पनि पाइँदैनहास्न पनि पाइँदैनु भनेर समाजमा त्रास फैलाउनु गलत हो।’

पहिले पनि कम्युनिष्टको शासन आए वृद्धवृद्धालाई गोली हानेर मार्छ भनेर कांग्रेसले प्रचार गरेको प्रसंग कोट्याउँदै नेम्वाङले भने, ‘साथीहरुले कम्युनिष्टले वृद्धवृद्धालाई गोली हान्छ भनेर प्रचार गर्नुहुन्थ्यो, हो मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारले वृद्धवृद्धालाई गोली हान्यो, गज्जबको गोली हान्यो, वृद्धाभत्ताका गोली हान्यो।’

जनताबाट अनुमोदित भएर पाँच वर्ष सरकार बनाउने कुरा प्रजातान्त्रिक पद्धति भएको भन्दै नेम्वाङले त्यसबाट नआत्तिन प्रधानमन्त्री देउवालाई आग्रह गरे। उनले समाजमा भय र त्रास फैलाउने काम नगर्न प्रधानमन्त्री देउवालाई सुझाव दिए। ‘जनताले दूधको दूध पानीको पानी छुट्याउँन्’  उनले भनेु, ‘मंसिर २१ गतेसम्म कुरेर बसिदिनोस्।’

कसैलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउन वाम गठवन्धन निर्माण नभएको भन्दै नेम्वाङले देशलाई समृद्ध बनाउन वामपन्थी, प्रगतिशील र देशभक्तहरुको गठबन्धन भएको प्रष्ट्याए। नेपालमा वामपन्थीहरुले कहिल्यै पनि पूर्णअवधिको सरकार चलाउन नपाएको सुनाउँदै नेम्वाङले अल्पकालीन सरकारले पनि जनहितमा महत्त्वपूर्ण काम गरेको दाबी गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार