Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाममा ‘ओ’ लेभल अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न

इलाममा ‘ओ’ लेभल अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन १ २०७९


इलाममा ‘ओ’ लेभल अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न

इलाम । तीन दिवसीय ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रम इलाममा सम्पन्न भएको छ । जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा संचालित तालिम आज एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो । नेपाल विभिन्न जिल्लाबाट कुल ३४ प्रशिक्षार्थीहरुले सहभागिता जनाएको तालिमलाई आईसीसी प्यानल अम्पायर बुद्धि बहादुर प्रधान, लेभल टु अम्पायर कमलेश झा र उज्वल रेग्मीले प्रशिक्षण दिएका थिए ।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा भएको समापन कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष तथा प्रदेश खेलकुद विकास बोर्डका निर्वतमान सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण), नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यष रोशन कुमार सिंह, नेकोस राष्ट्रिय क्रिकेट संघका केन्द्रिय ईन्चार्ज दिपेन्द्र प्रसाद ढकाल र नेपाल खेलकुद महासंघ प्रदेश अध्यक्ष राजकुमार थापा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले नेपाल सबैभन्दा बढी सम्भावना भएको खेल नै क्रिकेट भएकोले सबै मिलेर प्रर्वद्धनमा लाग्न सुझाव दिए । उनले क्यानको वर्तमान कार्य समितीले आईसीसीबाट लागेको आर्थिक निलम्वन फुकुवा गर्न महत्वपूर्ण भुमिका खेलेकोे भन्दै प्रशंसा गरे ।

कार्यक्रममा क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले नेकोस राष्ट्रिय क्रिकेटले आयोजना गरेको तिन दिवसीय ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रमले नेपाल भरि नयाँ अम्पायर तथा स्कोररहरु उत्पादन हुने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार