माइजाेगमार्इ । पुर्व प्रधानमन्त्री एवम बाम गठबन्धनका उम्मेदवार झलनाथ खनालले नेपाली कांग्रेसको सत्ता आएपछि व्यापक रुपमा भ्रष्टचार बढेको बताए । उनले कांग्रेस नेतृत्वको सरकारले बजेटमा भ्रष्टचार गरेको कारण देशमा बेरोजगारी र गरिवी बढेको आरोप लगाए । माइजोगमाइमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै खनालले भने ‘ विकासका लागी पठाइएको बजेटमा पनि नेपाली कांग्रेसले भ्रष्टाचार गरेकै कारण ५० लाखभन्दा बढी युवा विदेशमा रोजगारी गर्न वाध्य छन’
उनले पटक पटकका निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाएपनि मुलुकको अवस्था सुर्धान नसकेको आरोप लगाए । राणा शासन, पञ्चायती शासन र राजतन्त्र समाप्त गरे जसरी कांग्रेसको लोकतान्त्रिक शासनलाई समाप्त गरेर बाम गठबन्धनको सरकार बनाउँदा मात्र देशले विकासको पाइला चाल्न सक्ने उल्लेख गर्दै खनालले २ पार्टी नमिली देश अघि बढन नसक्ने धारणा राखे ।
सिङगापुरको विकासको उदाहरण दिँदै खनालले भने ‘३०÷४० बर्षको अवधीमा कहाँका मुलुक कहाँ पुगे अहिलकोे सिङगापुर त्यसबेला झिङगापु थियो केही पनि विकास नभएको अहिले सुन्दर बगैचा जस्तो देश भएको छ । जापान, दक्षिण कोरिया, थाइल्यान्ड पनि त्यही ढंगले विकास भयो’ ।