विराटनगर । एक स्वास्थ्य रणनीतिक कार्यान्वयनका लागि प्राथमिक प्राप्त जुनोटिक रोगहरुको न्युनिकरण सम्बन्धि सरोकारवालाहरुसंग छलफल कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर इनोभेसन प्रोजेक्ट (एनएसएलआइपी ) बिकेन्द्रिकृत सहयोग इकाई विराटनगरको प्रायोजन र कृषि मन्त्रालय पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं १ विराटनगरको आयोजनामा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री झलक बहादुर दलार्मी मगरले एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि स्वास्थ्य, कृषि र वातावरण मिलेर अघि बढ्न प्रदेश सरकार तयार रहेको धारणा राखे ।
उनले ३ वटा प्राविधिक क्षेत्रहरु मिलेर अघि बढेमा यसमा चाडै सफलता मिल्ने बताउँदै एक स्वास्थ्य रणनीति ऐन प्रदेश सरकारले २०७६ मा ल्याएको बताउँदै कार्यान्वनमा ल्याउन तयारी भएको धारणा राखे ।
मानव र पशु स्वास्थ्य विच अनोन्याश्रित सम्बन्ध भएकोले यसमा एक पक्षको मात्र परिक्षण सम्भव नभएकाले दुवै वटा मन्त्रालयको आपसी समन्वयले एक अर्काको समस्या हल हुने भएकाले नियन्त्रणका लािग दुवैको उत्तिकै भुमिका रहेको बताए ।
स्वास्थ्य प्रदेश निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले मानव र पशु स्वास्थ्यको एक अर्कोमा सम्बन्धित भएकाले दुवै क्षेत्रका प्राविधिकहरुले मिलेर काम गरि आउने समस्याहरु समाधान गर्नुपर्ने भनाई राखे ।
कार्यक्रमको अवसरमा प्रादेशिक प्रयोगशालाका निर्देशक माइक्रोबायोलोजि डा जवेन्द्र यादव र पशुपन्छी अन्वेशण प्रयोगशाला विराटनगरका प्रमुख डा सन्जय यादवले जुनोटिक रोगको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कृषि मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशक डा पशुपति ढुङ्गानाले रेबिज रोगको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए, भने कृषि मन्त्रालयका सचिव डा मेघनाथ तिम्सिनाले एक स्वास्थ्य रणनीति अन्तरसम्बन्ध र आगामी कार्यदिशाका बारेमा सहकार्य, सहभागिता र समझदारी प्रदेश, स्थानीय र संघीय सरकारबिच हुने धारणा राखे ।
कार्यक्रममा एनएसएलआइपी इकाई प्रमुख डा सुधिरकुमार सिंहले स्वागत मन्तव्य राख्दै ३ वटा प्राविधिक क्षेत्रका विज्ञहरुको समन्वयबाट मानव संस्कृतिलाई बचाउन लाग्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डाक्टर, कृषि ज्ञान केन्द्र प्रमुख, पालिकाका कृषि र पशु शाखाका प्राविधिक गरि १ सय भन्दा बढिको सहभागिता रहेको थियो ।