Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उन्नत बाख्रा पालन परियोजनाको इलाममा सार्वजनीक सुनुवाई

उन्नत बाख्रा पालन परियोजनाको इलाममा सार्वजनीक सुनुवाई

  • लोकल सन्देश
  • मंगलबार, असार २८ २०७९


उन्नत बाख्रा पालन परियोजनाको इलाममा सार्वजनीक सुनुवाई

इलाम । इलाम नगरपालिका ८ मा संचालित उन्नत बाख्रा पालन परियोजनाको सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाभइस्टक सेन्टर इनोभेसन विकेन्द्रिकृत आयोजना सहयोग इकाई विराटनगरको सहयोग उन्नत बाख्रा पालन व्यवसाय कार्यक्रम गरिएका कामको सार्वजनीक सुनुवाई सम्पन्न भएको हो ।


इलाम नगरपालिका ८ को माईबेनी कृषि तथा पशुपंक्षी पालन समूहले संचालन गरेको आयोजनाको आयव्यय सार्वजनीक गरिएको छ । समूहका अध्यक्ष अम्बर बहादूर लिम्बुको अध्यक्षतामा भएको सार्वजनीक सुनुवाई कार्यक्रममा कृषि विकास बैंकका राजेश चेम्जुङ, इलाम नगरपालिका ८ का वडा सदस्य रुप बहादूर खड्का, पशु सेवा शाखा इलामका प्रमुख रुकमान लिम्बु, भेटरिनरी अस्पताल तथा विज्ञ केन्द्र इलामका डिक बहादूर कार्की, नेपाल पत्रकार महासंघ इलाम शाखाका सल्लाहाकार सुजन तिमल्सिना, नेकपा एमालेका प्रतिनिधि डाक प्रसाद दुलाल र किसानहरुको उपस्थिति रहेको थियो ।


२० प्रतिशत किसान, ३० प्रतिशत कृषि विकास बैंकको ऋण र ५० प्रतिशत नेपाल लाभइस्टक सेन्टर इनोभेसन विकेन्द्रिकृत आयोजना सहयोग इकाई विराटनगरको अनुदान सहयोगमा संचालितक कार्यक्रमबाट समूहमा आवद्ध १० किसानलाई व्यवसायीक बाख्रा पालन गर्ने प्रविधि, आधुनिक खोर निर्माण, तालिम कार्यक्रम संचालन भएको छ । ५५ लाख ४ हजार ९ सय रुपैयाँबाट संचालित कार्यक्रमको आयव्ययको विवरण समूहकी रमा घिमिरेले प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार