Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाममा ‘ओ’ लेभलको क्रिकेट अम्पायर तालिम हुने

इलाममा ‘ओ’ लेभलको क्रिकेट अम्पायर तालिम हुने

  • सन्देश सम्बाददाता
  • बिहिबार, असार २३ २०७९


इलाममा ‘ओ’ लेभलको क्रिकेट अम्पायर तालिम हुने

इलाम । इलाममा ३ दिवसीय ओ लेभल क्रिकेट अम्पायर एवम स्कोरर तालिम हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को तत्वधान नेकोश राष्ट्रिय क्रिकेट संघको आयोजना अम्पायर एवं स्कोरर संघको समन्वय तथा जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा असार ३१ देखि श्रावण १ गते तालिम संचालन हुनेछ ।

३ दिन सम्म चल्ने तालिमलाई आइसीसी अम्पायर बुद्धि बहादुर प्रधानले तालिम दिनेछन् । जिल्लाका महिला र पुरुष गरी २५ जना सहभागी हुने जिल्ला क्रिकेट संघ इलामका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।

इलाम भरिका क्रिकेट खेल तथा अम्पायर गर्न इच्छुकले तालिममा भाग लिन सक्ने पौडेलले बताए । तालिम जिल्ला समन्वय समितिको सभाहलमा संचालन हुनेछ

प्रतिक्रिया
सम्बन्धित समाचार