Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकाको शुक्रबारे बजार अनुगमन

माई नगरपालिकाको शुक्रबारे बजार अनुगमन

  • सन्देश सम्वाददाता
  • शनिबार, असार १८ २०७९


माई नगरपालिकाको शुक्रबारे बजार अनुगमन

माई । इलामको माई नगरपालिका –४ को शुक्रबारे बजारमा बजार अनुगमन गरिएको छ । बजारमा अखाद्य र म्याद गुज्रीएका बस्तु फेला परेको गुनासोपछि बजार अनुगमन गरिएको हो । इलाम उद्योग बाणिज्य संघ शाखा माइका अध्यक्ष प्रेम कार्कीको अगुवाइमा सशस्त्र प्रहरी बेश क्याम्प दानाबारीका इन्स्पेक्टर राजकुमार बस्नेत, लोदीया प्रहरी चौकी इन्चार्ज पदम सुन्दर लिम्बू, माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, पत्रकार हरि असीम सहितको टोलीले बजार अनुगमन गरेका थिए ।

उक्त अवसरमा मूल्य सूची,साइन बोर्ड,व्यवसाय दर्ता नवीकरण,नाप तौल प्रमाण,म्याद नाघेका सामग्री,पान नम्बर,बिक्री बिलको बारेमा जानकारी गराइएको थियो । अनुगमनमा स्थानीय व्यपारीले भन्दा पनि झापाबाट आउने व्यपारीले म्याद गुज्रेका समान, ढक तौलमा हुनुपर्ने परिमाण भन्दा कम्ती तौलको प्रयोग भएको पाएको छ । ती सामान जफत गरी ढक बाहेक अन्य सामग्री जलाइएको थियो।

बाणिज्य शाखा माइले आउँदा दिनमा व्यापार व्यवसाय गर्दा जुन उदेश्यले ब्यवसाय दर्ता गरेको हो सोही बमोजिम कारोबार गर्न र नाप तौल र म्याद गुज्रेका सामग्री बिक्री नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार