इलाम । इलाम नगरपालिकाको दुलाल बेशीमा धान दिवस कार्यक्रम आयोजना गरिएको छ । इलाम नगरपालिका ४ स्थित दुलाल बेशींमा धान दिवस कार्यक्रम इलाम नगर प्रमुख केदार थापाको उपस्थितिमा मनाइएको हो । नेपाल सरकारले हरेक वर्षको असार १५ मा धान दिवशको आयोजना गर्दै आएको छ ।






