इलाम । इलाममा रग्बी खेल भित्र्याउन प्रयास थालिएको छ । जिल्लामा गंगा प्रसाद फियाक बिजुको संयोजकत्वमा नेपाल रग्बी संघको जिल्ला समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा कमल दुलाल, सचिव विपिन पोख्रेल, कोषाध्यक्ष बिनिता अछामे रहेका छन् ।
समितिको सदस्यहरुमा शम्भु राई,दिनेश निरौला,सुमन खत्री,गोमा प्रधान,मनोज दुलाल,लिला बहादुर लिम्बु र प्रविन सुवेदी रहेका छन् । इलाम जिल्ला खेलकुद बिकास समिति अध्यक्ष खगेन्द्र वास्तोला , कार्यालय प्रमुख नारायण भट्टराई , खेलकुद बिकास समिति सदस्य जीवन घिसिङ, भलिवल संघ इलाम अध्यक्ष प्रविण गुरुङ, जिल्ला जुडो संघ इलामका उपाध्यक्ष बिक्रम लिम्बू , इलाम जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष प्रकाश परियारको उपस्थितीमा इलाममा संघको आधिकारिक समिति गठन भएको हो ।
युरोपमा लोकप्रिय खेल रग्बी नेपाल भित्रिएको २ दशक भन्दा लामो समय भएपनि व्यवस्थित रुपमा अघि बढेको थिएन् । २०५२ (सन् १९९५) मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेपाल रग्बी संघ दर्ता भएको थियो । भारतमा अध्ययन गर्न गएका केही व्यक्तिहरूले अग्रसरता देखाएपछि नेपालमा रग्बी संघ दर्ता भएको पाइन्छ ।

भारतमा अध्ययनका लागि गएका सिद्धिशम्शेर राणाले नै नेपालमा रग्बीलाई भित्र्याएका हुन् । २०५२ सालमा नै नेपालमा रग्बी संघ दर्ता भएको हो । तर सुरुआती समयमा केही गतिविधि गरेपछि संघ निस्क्रिय बन्यो । जसले गर्दा संघ दर्ताको दुई दशक बित्दा पनि रग्बीले नेपालमा खासै आकार लिन सकेको देखिन्न ।
राणाकै अध्यक्षतामा २०५२ सालमा नै नेपालमा रग्बी संघ दर्ता भएको थियो । तर सुरुआती समयमा केही गतिविधि गरेपछि संघ निस्क्रिय बन्यो । जसले गर्दा संघ दर्ताको दुई दशक बित्दा पनि रग्बीले नेपालमा खासै आकार लिन सकेको देखिन्न ।
यद्यपि २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गंठन भएपछि मात्र रग्बीले गति लिन थालेको हो ।
रग्बी संघको प्रदेश संयोजकमा विराटनगरमा किरण गिरी रहेका छन् ।