Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कुवेतविरुद्ध ४० बर्षपछि इतिहास बनाएका दर्शन

कुवेतविरुद्ध ४० बर्षपछि इतिहास बनाएका दर्शन

  • नमीन ढकाल
  • आइतबार, जेष्ठ २९ २०७९


कुवेतविरुद्ध ४० बर्षपछि इतिहास बनाएका दर्शन

इलाम । एएफसी एसियन कप छनोटतर्फ नेपाल आयोजक कुवेतसँग ४–१ ले गोलले पराजित भयो। पराजयको बाबजुद पनि नेपालले ४० बर्षपछि एउटा इतिहास रच्यो। जसको हकदार बने दर्शन गुरुङ हुन्। शनिबार राति कुवेत सिटीमा सम्पन्न खेलमा नेपालका लागि इन्जुरी समयमा युवा फरवार्ड दर्शन गुरुङले एक गोल फर्काए।

कुवेतविरुद्ध दर्शनको त्यो गोल चार दशकपछिको नेपालको पहिलो गोल थियो।  सन्तोष तामाङको क्रसमा दर्शनको प्रहार कुवेती डिफेन्डरबाट डिफ्लेक्ट भएर आएपछि गरेको प्रहारले जाली चुम्दा नेपालले ४० वर्षपछि कुवेतविरुद्ध पहिलो गोल गर्न सफल रहयो।

त्यस यता नेपालले कुवेत विरुद्ध सात वटा खेलमा गोल गर्न सकेको थिएन्।  सन् १९८२ यता नेपालले कुवेतविरुद्ध गोल गर्न सकेको थिएन्। अन्तिम पटक भारतको दिल्लीमा सम्पन्न सन् १९८२ को एसियन गेममा वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए। त्यो खेल नेपाल र कुवेत विरुद्धको पहिलो भेट समेत थियो। सो खेलमा नेपाल ३–१ ले पराजित भएको थियो।

अहिले त्यहि इतिहासलाई दर्शनले रच्न सफल भए। खेलको ३४ औ मिनेटमा गौतम श्रेष्ठलाई प्रतिस्थापन गर्दै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दर्शनको त्यो गोलले नेपालको हार नजोगिए पनि ऐतिहासिक गोल भने बन्न पुग्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार