Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

पाँचौं वृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान अमेरिकाको हेरिस्वर्गमा हुँदै

पाँचौं वृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान अमेरिकाको हेरिस्वर्गमा हुँदै

  • सन्देश सम्बाददाता
  • सोमबार, जेष्ठ १६ २०७९


पाँचौं वृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान अमेरिकाको हेरिस्वर्गमा हुँदै

इलाम । पाँचौं वृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान अमेरिकाको हेरिस्वर्गमा हुने भएको छ । २९ जुलाई देखि ३१ जुलाईसम्म जीबीएलओको आयोजनामा हुन लागिरहेको उक्त कार्यक्रमको बारेमा भर्चुअल पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

विश्वभरी छरिएर रहेका नेपाली भाषी साहित्यकार लगायत अन्य कलाक्षेत्रका व्यक्तित्वहरूलाई एकै ठाउँमा उपस्थित गराउन लागेको जीबीएलओ संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले बताए । कार्यक्रममा विभिन्न पुस्तकहरू बिमोचन लगायत अन्य कार्यपत्रहरू बहस पैरवी हुने जनाइएको छ ।

३ दिन हुने उक्त कार्यक्रमा विभिन्न साहित्यिक तथा साँस्कृतिक साँझ एवम् स्रष्टा भ्रमण लगायतका अन्य विविध कार्यक्रमहरू राखिएको जीबीएलओका कार्यकारी अध्यक्ष कर्ण गुरुङले जानकारी दिए । मुर्धन्य साहित्यकार लिलबहादुर क्षेत्रीलाई प्रथम पटक लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको गुरुङले बताए ।

कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङ, साहित्यकार मुक्ति बराल लगायतको सहभागीता रहने जिविएलओका महासचिव पातलो अन्तरेले जानकारी दिए ।

कार्यक्रममा भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा साहित्य बिभागका डिन प्रा. डा. कविता लामाले कार्यपत्र प्रस्तुत गर्नेछिन् भारत, न्युजिल्यण्ड, क्यानाडा, मेक्सिको लगायतका देशहरुबाट समेत सहभागीता रहने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार