झापा : झापाको मेचीनगर–९ मा सञ्चालित हिमालयन अंग्रेजी माविको वार्षिकोत्सव विविध कार्यक्रमका सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक कमल नेपालको सभापतित्व तथा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट १५ विद्यार्थीलाई अवार्ड प्रदान गरिएको थियो ।
सोही अवसरमा विद्यार्थीले विभिन्न जातजातिका नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गौरीमान फागो, विशिष्ट अतिथि मेचीनगर प्याब्सन अध्यक्ष डम्बर रुचाल, विद्यालयका डाइरेक्टर धनराज थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण थपलिया लगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यालय प्रशासन प्रमुख रीना थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका दुर्गा शाक्यले गरेकी थिइन् । विद्यालयका प्रधानाध्यापक कमल नेपालले धन्यवाद ज्ञापन गरेका थिए । २०४९ सालमा स्थापना भएको हिमालयन अंग्रेजी स्कूल खुट्टीडाँगी क्षेत्रकै पुराना र राम्रो विद्यालयको रुपमा चिनिन्छ ।
सो विद्यालयमा बुद्धशान्ति गाउँपालिका-४ र ५ नं वडाकासहित मेचीनगर क्षेत्रका बालबालिका अध्ययन गर्दछन् ।