Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामका निरोज दोश्रो कार्यकालका लागि एन्फा केन्द्रिय सदस्यमा भिड्दै

इलामका निरोज दोश्रो कार्यकालका लागि एन्फा केन्द्रिय सदस्यमा भिड्दै

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ११ २०७९


इलामका निरोज दोश्रो कार्यकालका लागि एन्फा केन्द्रिय सदस्यमा भिड्दै

इलाम । इलामका निरोज खड्गीले दोश्रो कार्यकालको लागि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाल यु–१५ टिमका म्यानेजर तथा युथ डेभ्लप्मेन्ट कमिटीका सहसंयोजक समेत रहेका खड्गीले पंकजविक्रम नेम्बाङ समुहबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

आगामी चार वर्षकाे लागी ६ असारमा हुने एन्फाको निर्वाचनका लागि खड्गीको नाम उपाध्यक्षको रुपमा चर्चामा थियो । एन्फा अध्यक्षका उम्मेदवार पंजकविक्रम नेम्बाङ प्रदेश १ कै भएको कारण खड्गीले दोश्रो कार्यकालका लागि केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको बुझिएको छ ।

खड्गीले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छ्न । खड्गी यसअघि २०७५ सालमा कर्माछिरिङ शेर्पा नेतृत्वको टिमबाट केन्द्रिय सदस्य बनेका थिए । एन्फामा अहिले ३ समुह चुनावमा प्रतिस्पर्धा गर्दैछ ।

एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पासंगै बरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ र फ्रेन्डस क्लबका पुर्व अध्यक्ष राजिव राज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार