Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दलाई लामालाई ओलीको चेतावनी, भन्‍छन् बौद्ध धर्मगुरु भन्ने अनि बुद्ध जन्मेको ठाउँ थाहा नपाउने ?

दलाई लामालाई ओलीको चेतावनी, भन्‍छन् बौद्ध धर्मगुरु भन्ने अनि बुद्ध जन्मेको ठाउँ थाहा नपाउने ?

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १० २०७४


दलाई लामालाई ओलीको चेतावनी, भन्‍छन् बौद्ध धर्मगुरु भन्ने अनि बुद्ध जन्मेको ठाउँ थाहा नपाउने ?

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि बुद्ध धर्मका धर्मगुरु दलाई लामाले दिएको अभिव्यक्ति सच्याउन चेतावनी दिएका छन्। प्रतिनिधिसभारप्रदेशसभाको निर्वाचनका सन्दर्भमा आइतबार काठमाडौंको बौद्धमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता ओलीले उक्त गल्ती दलाई लामाको सबैभन्दा ठूलो गल्ती भएको भन्दै त्यसलाई सच्याउन चेतावनी दिएका हुन्।

केही दिनअघि बुद्ध धर्मका धर्मगुरु लामाले गौतम बुद्ध भारतीय हुन्, भारतीय गुरु हुन् भनेका थिए। एमाले अध्यक्ष ओलीले लामाले नेपालीलाई गाली पनि गरेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका हुन्। त्यो कुरा बोलेर नेपाल र नेपालीले उनको समूहलाई लगाएको गुणको पनि सोझो गरेनन्। बुद्ध जम्निएको २६६१ वर्ष पहिले जन्मिएका हुन्।

त्यो सत्य अहिले सारेर हुन्छ। उनी नेपालमा जन्मिएका हुन् त्यो अहिले नेपालमा पर्छ ओलीले भने, यो अन्तराष्ट्रिय षड्यन्त्र नेपालविरुद्ध भइरहेको छ। म भन्छु दलाई लामा यस गल्तीलाई सच्याऊ। विगतमा तिमीले के कस्ता गल्तीहरु गरेका थियौं। तर, अहिले यो जस्तो ठूलो गल्ती केही होइन यो सच्याऊ।

आफूलाई बुद्धिष्ठ भन्ने अनि बुद्ध कहाँ जन्मिएका थिए भनेर थाहा नपाउने  भारत भन्ने देश अस्तित्वमा नभएको वेला नेपाल भन्ने देश अस्तित्वमा रहेको भन्दै नेपाल स्वाधीन राष्ट्रका रुपमा सदैव रहेको सत्य कसैले लुकाएर नलुक्ने उनले बताए। ओलीले अन्तराष्ट्रिय षड्यन्त्रका रुपमा यस्ता कुराहरु बाहिर आएको समेत बताए।

अर्को प्रसंगमा नेता ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धन बताएका छन्। नेपाली कांग्रेस आफैंमा दक्षीणपन्थी पार्टी भएको भन्दै उनले कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन दक्षिणपन्थी भएको बताए। ुउहाँहरुको गठबन्धन लोकतान्त्रिक होइन, दक्षिणपन्थी गठबन्धन हो।

लोकतान्त्रिक भनेको कांग्रेस आफैं लोकतान्त्रिक भन्दा दक्षिणपन्थी पार्टी हो,ओलीले भने, उसको नेतृत्वमा बनेको गठबन्धन दक्षिणपन्थी हो। कांग्रेस लोकतान्त्रिक गठबन्धन भएको भए हामी विचार मिल्ने पार्टीहरुले एकता गर्दा ऊ आत्तिने थिएन।ु विचार मिल्ने कम्युनिस्‍ट पार्टीहरु एक हुँदा कांग्रेस लगायतका पार्टीहरु आत्तिएको भन्दै नेपाली जनताले सुख पाउने भए भनेर केही शक्तिहरु अत्तालिएको ओलीले आरोप लगाए।

नेता ओलीले देशभक्त, राष्ट्रिय, प्रगतिशील गठबन्धन भएको वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन भएको बताए। ओलीले अब देशमा भ्रष्टहरुको दिन गएको भन्दै जनता अल्मल्याउने दिन सकिएको बताए। भने, यस देशमा देशद्रोह्री, भ्रष्टतन्त्रहरुको दिन गए। जनता ठग्ने, जनता अल्मल्याउने, शक्तिमा जाने अनि आफू सप्रिने दिन गए। नीति, कानुन अनि कसैले ढाल्न होइन हल्लाउन पनि नसक्ने सरकार अब बनाउने हो। त्यसका लागि हामीले तालमेल गरेको हो।

केपी ओलीले भारतसँग सम्बन्ध बिगार्‍यो भनेर भ्रम फिजाइरहेको भन्दै आफू प्रधानमन्त्री भएपछि ३ हप्तादेखि भएको नाकाबन्दी हटाएको भन्दै भारतसँग नझुकेको भन्दै आफूविरुद्ध भ्रम फिजाइएको बताए। भारतसँग आँखा नझुकाइकन शिर नझुकाइकन कुरा गर्‍यो सम्बन्ध बिगार्‍यो। उहाँहरुको परिभाषा त्यै हो। देशको सार्वभौमसत्ता सानोठुलो हुदैनु उनले भने। देश भनेको मिलिजुली बाँडेर खाऊ भन्नका लागि नभएको भन्दै उनले मुलुकका विकासका लागि निर्वाचन हुन गइरहेको उनले बताए।

यो निर्वाचन र गठबन्धन मिलिजुली बसौं मिलेर देश बनाऊ भन्नका लागि हो। मिलिजुली बाँडेर खाऊ भन्नका लागि होइन, उनले भने, नेपाली कांग्रेसका माथि मिलेर नेताहरुले खाएका होलान् तर तलका कार्यकर्ताहरु देशमा विकास होस्, जनताले सुख पाउन् भन्ने नै चाहिरहेका होलान्।

नेता ओलीले स्थायित्व नभइकन विकास सम्भव नभएको भन्दै शान्ति, स्थायित्व र विकासका लागि बाम गठबन्धन भएको बताए। अर्को प्रसंगमा नेता ओलीले अहिलेको सरकारले ५ वर्ष सरकार चलाएमा देश कंगाल हुने बताएका छन्। आफूले सुरु गरेका थुप्रै विकासका काम अहिलेको सरकारले अगाडि बढाउन नसकेको भन्दै उनले त्यस्तो बताएका हुन्। भने, अहिलेको सरकारले ५ वर्ष सरकार चलायो भने देश कंगाल हुन्छ देश २०१५ सालमा कांग्रेसले २ तिहाई ल्याएको थियो त्यो जोगाउनपनि सकेन।

२०४८ सालपछि कांग्रेसले बहुमत पायो तर देशलाई आधुनिकीकरणमा लैजानुपर्ने ३८ वटा ठुल्ठूला उद्योगहरु बेचेर खायो। उनले देशको नेतृत्व गर्न ड्राइभरको सिटमा बसेर मात्र नहुने उनले बताए। ड्राइभरको सिटमा बसेर हुँदैन क्या। ड्राइभिङ सिकेर लाइसेन्स ल्याउनुपर्छ। केरुङ-काठमाडौं रेलमार्ग कल्पना मात्र होइन प्रारम्भिक सम्झौता पनि भइसकेको छु ओलीले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार