Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रुकुमको आठबिसकोटमा पनि मतपेटिका एसिड हालेर जलाइयो

रुकुमको आठबिसकोटमा पनि मतपेटिका एसिड हालेर जलाइयो

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १० २०७४


रुकुमको आठबिसकोटमा पनि मतपेटिका एसिड हालेर जलाइयो

रुकुमः रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय माबि गत्तासैनामा रहेको मतदान केन्द्रमा पनि मपेटिका जलाइएको छ । एसिड प्रयोग गरेर मतदान केन्द्र ख को समानुपतिक मतपेटिका जलाईएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नाउव उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए । उनका अनुसार जसका कारण मतपेटिका क्षति भएको छ भने अहिले उक्त मतदान केन्द्रमा मतदान स्थगीत गरिएको छ ।

मतपेटिकामा एसिड हाल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदानका लागि गएका ब्यक्तिले नै एसिड प्रयोग गरेर आगजनी गरेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धन भैरहेको छ । यसअघि पनि रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रत्न माबि काँडा मतदान केन्द्रमा आगजनी भएको हो । जहाँ २ वटा मतदान केन्द्र मध्य मतदान केन्द्र क मा आगो लगाइएको हो ।

आगजनीबाट प्रतिनिधीसभा निर्बाचन को प्रत्यक्ष तर्फको मतपेटिका पुर्ण रुपमा जलेको छ । घटनामा संलंग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार