Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पाँचथरमा चिसोले मतदान केन्द्रमा मतदाताहरु उपस्थिति कम

पाँचथरमा चिसोले मतदान केन्द्रमा मतदाताहरु उपस्थिति कम

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १० २०७४


पाँचथरमा चिसोले मतदान केन्द्रमा मतदाताहरु उपस्थिति कम

 पाँचथर : चिसोले गर्दा पाँचथरमा निकै कम संख्यामा मतदाताहरु मतदान प्रक्रियामा सहभागी भएका छन्। मतदान केन्द्रमा मतदाताहरुको संख्या कम भएपछि आउनेबित्तिकै मतदान गरेर जाने अवस्था रहेको छ। लाइन बस्नुपर्ने स्थिति नभएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताए।

दिउँसो भने मतदाताहरुको बँक्लो उपस्थिीत रहने उनले बताए। उनका अनुसार हालसम्म जिल्लाको सबै मतदान केन्द्रमा १० देखि २० प्रतिशतसम्म मतदान भइसकेको छ। स्वतन्त्र, निष्पक्ष र भयरहित वातवरणमा जिल्लाको १ सय ६५ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँचथरमा १ लाख २५ हजार २ सय १९ जना मतदाता छन्। जसमध्ये ६० हजार ४ सय २९ जना पुरुष र ६४ हजार ७ सय ९० जना महिला रहेका छन्। प्रदेशसभा सदस्यका लागि २ निर्वाचन क्षेत्र रहेको जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ मा ६६ हजार २ सय ३३ जना र क्षेत्र नम्बर–२ मा ५८ हजार ९ सय ९६ जना मतदाता रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार