Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जसले जिते उसले हारे, जसले हारे उसले जिते !

जसले जिते उसले हारे, जसले हारे उसले जिते !

  • नमीन ढकाल
  • बुधबार, जेष्ठ ४ २०७९


जसले जिते उसले हारे, जसले हारे उसले जिते !

इलाम : ५ वर्षअघि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हेमन्त राईलाई हराएर नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले माङसेबुङ गाउँपालिका अध्यक्ष जिते। तत्कालीन संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी) को साथ पाएपछि नेपाल विद्यार्थी संघका जिल्ला सभापति ३७ वर्षीय डिकेन्द्रले सहज जित हात पारेका थिए। तर उनलाई साथ दिने जनता समाजवादी पार्टीबाट उपाध्यक्षको उम्मेदवारी दिएका बिनोद नेम्वाङलाई एमालेकी उम्मेदवार सुनिता सुब्बाले ३ सय १८ मतान्तरले हराइन्।

०७४ को निर्वाचनमा कांग्रेसबाट अध्यक्षका उम्मेदवार डिकेन्द्र इदिङ्गो ३७५९ मतका साथ निर्वाचित हुँदै संघीयताको पहिलो गाउँपालिका अध्यक्ष बन्ने अवसर पाए। पराजित एमालेका उम्मेदवार हेमन्त राईलाई ५७८ मत नपुग्दा अवसर गुमाए। अरु प्रतिस्पर्धाजस्तो राजनीतिमा दोस्रोका लागि पुरस्कार हुँदैन्। जसले गर्दा हेमन्त सामु पराजय स्विकार्नुको विकल्प पनि थिएन्।

राजनीतिमा लामो अनुभव संगालेका नेम्वाङका लागि राजनीतिका सिकारु उम्मेदवार २९ बर्षिय सुनिता सँगको पराजयबाट सहानुभूतिभन्दा अरु इनाम पाउने कुरा भएन। स्थानीय निर्वाचन सम्पन्न भएको १ वर्ष नबित्दै हेमन्तको पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणबाट नेकपा भएपछि देशकै ठुलो पार्टी हाँक्ने अवसर उनको काँधमा आइपर्‍यो।

गाउँपालिकाको कुर्सीमा पुगेपछि डिकेन्द्र र सुनिताको ५ वर्ष गाउँपालिकाको नीति निर्माण, विकास निर्माण, पुलपुलेसा निर्माण लगायतका कार्यमा नै बित्यो। संवैधानिक अधिकारका कारण अध्यक्ष र उपाध्यक्षबीच बेला–बेला हुने स्वभाविक खटपट र अध्यक्ष निर्वाचित भएपछि डिकेन्द्रको फोन नै नउठाउने समस्यामा बाहेक माङसेबुङमा डिकेन्द्र र सुनिताबाट नराम्रो खबर सुन्नु परेन।

स्थानीय सरकारमा पराजयपछि दुवैले राजनीति, व्यपार व्यवसाय र कृषि कर्मलाई एकै लयमा लिएर गए। माङ्सेबुङसंग सिमाना जोडिएको झापाको दमकलाई आधार बनाएर व्यपार व्यवसायमा रमाए। क्यालेन्डर फेरियो, मौसम फेरियो तर हेमन्त र विनोद फेरिएनन्।

व्यापार व्यवसायसँगै गाउँको सुख दुःखमा सारथि बनिदिए। शोकमा काँध दिए खुशीमा उत्साह थपिदिए। गाउँका हरेक सुखदुःख हेमन्त र विनोद गाउँले संगै भेटिए। तर सधै नेकपा उस्तै शक्तिशाली रहेन। केपी ओलीले संसद विघटन गरेपछि पार्टी उही २०७५ जेठ २ मा फर्कियो। अझ एमाले भित्र पनि एउटा समुह विद्रोह गरेर अर्को पार्टी जन्माउन अघि सर्यो।

बलियो एमाले निर्माणमा योगदान दिने झलनाथ खनाल, माधव नेपाल लगायतले पार्टी छाडेपछि जिल्लाको पहिलो पार्टी विस्तारै शक्तिहिन हुँदै थियो। विनोदको पार्टी पनि एकता हुँदै ससफोबाट जसपा भयो। जसपा पनि विभाजन भएर खुम्चियो। यत्तिकैमा पाँच वर्ष बित्यो। अर्को निर्वाचन आयो। एमाले उही पुरानै अवस्थामा थिएन।

प्रभावशाली नेता झलनाथ खनालले एमाले फुटाएर एकीकृत समाजवादी बनाएपछि नैतिक दबाबमा थिए हेमन्त। तर निर्वाचनको मुखमा डिकेन्द्र– विनोदको कम्पोजिसनमा सतारुढ गठबन्धनको माओवादी केन्द्र, एमालेबाट फुटेको एकीकृत समाजवादी र जनमुक्ति पार्टीको समेत थपियो।

उम्मेदवार भने पुरानै दोहोरिए। पार्टीले हेमन्त र सुनितालाई उही पुरानै पदमा दोहोर्‍याउने निर्णय गर्‍यो। तर, यसपटक परिणाममा ‘उलटफेर’ भयो। अघिल्लो पटक अध्यक्ष पदमा हेमन्त पराजित हुँदा सुनिता उपाध्यक्ष निर्वाचित भएकी थिइन्। यसपटक हेमन्त अध्यक्ष निर्वाचित हुँदा सुनिता उपाध्यक्षमा पराजित भइन्। विपक्षीको परिणाम पनि उस्तै भयो।

अघिल्लोपटक डिकेन्द्र अध्यक्ष निर्वाचित हुँदा विनोद उपाध्यक्षमा पराजित भएका थिए। यसपटक डिकेन्द्र अध्यक्षमा पराजित हुँदा विनोद उपाध्यक्षमा निर्वाचित भए। अर्थात, अघिल्लो निर्वाचनमा हेमन्त र विनोद जोसँग हारे, यसपटक उनैलाई हराए।

एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा इदिङ्गोले ३ हजार ४ सय ९५ मत मात्र पाए। उता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेम्वाङले ३ हजार ७ सय २९ मत पाउँदा सुनिता सुब्बाले ३ हजार ४६ मत मात्र पाइन्। ५ वर्ष अबको माङसेबुङको बागडोर हेमन्त र विनोदले सम्हाल्दैछन्।

टुटफुटबाट सत्तामा आएका हेमन्त र विनोदले ५ वर्षका माङसेबुङबासीको सपना कति साकार पार्ने हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार