Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय-५ मा कांग्रेसका २४ वर्षीय बम्जन विजयी

सूर्योदय-५ मा कांग्रेसका २४ वर्षीय बम्जन विजयी

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ ३ २०७९


सूर्योदय-५ मा कांग्रेसका २४ वर्षीय बम्जन विजयी

फिक्कल । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ । केहीबेर अघि सम्पन्न मतगणना अनुसार कांग्रेसबाट वडाध्यक्षमा २४ बर्षिय उर्गेन बम्जन विजयी भएका हुन् । उनले ७५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा ९एकीकृत समाजवादीका अनिल लिम्बूले ६६९ मत प्राप्त गरे ।

यस्तै एमालेका नारायण चम्लागाईंले ६४४ मत प्राप्त गरेका छन् । एमाले वडामा अन्य ४ सदस्य पनि जितेको छ । खुला सदस्यमा डिक वहादुर मगर र रोशन वुढाथोकी विजयी हुँदा महिला सदस्यमा मुन्ना कुमारी राई र दलित महिला सदस्यमा चन्द्रकला विश्वकर्मा विजयी भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार