राेङ । इलामको रोङ गाउपालिका वडा नम्बर ३ र ४ को अन्तिम परिणाम सार्बजनिक भएको छ । वडा नं ३ मा नेपाली कांग्रेसका मात्रिका बराल र रोङ ४ मा एमालेका राजकुमार लाप्चा वडाध्यक्षमा बिजयी भएका छन् ।
बरालले ८८५ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धि एमालेका दिलिप राईले ८६५ मत पाएका छन् ।
बराल यस अघि पनि रोङ ३ का वडाध्यक्ष नै थिए । वडा अध्यक्षमा नेपाली काग्रेसले जीत हात पारे पनि वडा सदस्यहरु भने सबै नेकपा एमाले बाट बिजयी भएका छन् । वडा सदस्यहरुमा क्रमश प्रेमराज गुरुङ, ८८५, लिला राउतको ७७४, इन्दिरा देबी बिश्वकर्मा ९४३ र अमृत भुजेल ८३२ मत सहित बिजयी भएका हुन् ।
वडा नम्बर ४ मा एमालेका राजकुमार लाप्चा ४१० मत सहित बिजयी भएका हुन । उनको निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार मुढा चिन्हका सुर्य राईले ३४१ मत पाएका थिए । राई यसअघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष बिजयी भएका थिए ।
अन्य वडा सदस्यहरुमा एमालेका हर्कबहादुर राई ३५३ मत, दलित महिला एमालेकै बालकुमारी बिश्वकर्मा ३९७ मत सहित बिजयी भएका छन्
एक जना महिला सदस्य एमालेकै मिना देबी तामाङ यस अघि नै निबिरोध भइसकेकी थिइन । वडा सदस्यमा मुढा चिन्हका स्वतन्त्र उम्मेद्वार बलबहादुर तामाङ ३५४ मत सहित बिजयी भएका छन् ।