Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुली–२ मा कांग्रेसका लक्ष्मण वडाध्यक्षमा बिजयी

चुलाचुली–२ मा कांग्रेसका लक्ष्मण वडाध्यक्षमा बिजयी

  • सन्देश सम्बाददाता
  • सोमबार, जेष्ठ २ २०७९


चुलाचुली–२ मा कांग्रेसका लक्ष्मण वडाध्यक्षमा बिजयी

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका–५ मा नेपाली कांग्रेसका लक्ष्मण श्रेष्ठ बिजयी भएका छन् । भरखरै सम्पन्न मतगणना अनुसार नेकपा एमालेका सुरेश अधिकारीलाई ३२६ मतान्तरले हराउँदै श्रेष्ठ वडाध्यक्षमा बिजयी भएका छन् ।

सो वडामा एक जना सदस्य बाहेक सवै पदमा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । वडाध्यक्षमा निर्वाचित श्रेष्ठले ८६७ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी अधिकारीले ५४१ मत पाए । महिला वडा सदस्यमा नेपाली कांग्रेसकी पदमा थुलुङ ७८२ मत पाउँदै बिजयी भइन् ।

उनको प्रतिद्धन्द्धी नेकपा एमालेकी टिकामाया थापाले ६३० मत प्राप्त गरिन् । दलित महिलामा नेपाली कांग्रेसकी जोगमाया नेपालीले ७७२ मत प्राप्त गर्दा नेकपा एमालेकी मनकुमारी विकले ६३० मत पाइन् । सदस्यमा नेकपा एमालेका एक जना र नेपाली कांग्रेसका एक जना सदस्य बिजयी भए ।

गाउँपालिका अध्यक्षको लागि सो वडाबाट नेपाली कांग्रेसलाई ८८१ र नेकपा एमालेलाई ७३२ मत प्राप्त भएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई ३०९ मत प्राप्त हुँदा नेकपा एमालेकी उम्मेदवारलाई ७८५ मत प्राप्त भएको छ । वडा नं २ मा कुल झरेको २ हजार २२९ मत मध्ये ४५ बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार