Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

कांग्रेस कार्यकर्ताले बाँड्दै गरेको पैसा एमाले कार्यकर्ताले खोसे

कांग्रेस कार्यकर्ताले बाँड्दै गरेको पैसा एमाले कार्यकर्ताले खोसे

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १० २०७४


कांग्रेस कार्यकर्ताले बाँड्दै गरेको पैसा एमाले कार्यकर्ताले खोसे

पाँचथर : एमालेका कार्यकर्ताहरूले याङ्वरक गाउँपालिका– ६, साविक नागी–३ मा कांग्रेस कार्यकर्ताहरूले बाँड्दै गरेका पैसा खोसेका छन्। स्थानीय गोविन्द भारतीको घरमा कांग्रेसका देउमान योङहाङ नेतृत्वको टोलीले पैसा बाँड्दै गर्दा एमालेका खगेन्द्र योङहाङ नेतृत्वको टोलीले आइतबार बिहान खोसेको हो।

यस क्रममा उनीहरुबीच केहीबेर झडप पनि भएको प्रहरीले जनाएको छ। सोही वडाका कांग्रेस समर्थक शिक्षक राम भारतीको घरमा मतदातालाई बाँड्न भनेर राखेको १५ हजार रुपैयाँ एमालेका कार्यकर्ताहरूले खोसेका छन्। याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी कमलकुमारी योङहाङले मतदातालाई प्रभावित पार्न कांग्रेसका कार्यकर्ताहरूले पैसा बाँड्न लागेको भन्ने सूचनाको आधारमा गएको एमालेका युवा परिचालन गरेको बताइन्।

जिल्लाको तुम्वेवा गाउँपालिका वडा नम्बर–१ ,साविक आङना–५,रातमाटेमा पनि गएराति कांग्रेस कार्यकर्ताले पैसा बाँड्न खोजेपछि झडप भएको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार