- धमप्रसाद जवेगु
देउमाइ । बाम गठबन्धन इलाम क्षेत्र नं २ को १ का उम्मेदवार राम रानाले २५ बर्षमा २८ वटा सरकार फेरिएकाले देशले मुहार फेर्न नसकेको बताए । स्थिर सरकार नहुनाले देशले विकासमा फडर्को मार्न नसकेको उल्लेख गर्दै रानाले अवको देशलाई निकास दिन बाम शक्तिहरु कटिवद्ध भएको बताए ।
‘देउमाइ नगरपालिकामा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै रानाले संविधानले निदिष्ट गरेको २५ वटा मौलिक हकहरु चाडै नै नेपाली जनताले प्रत्याभुत गर्न पाउने जिकिर गरे । उनले नेपालको उत्पादन अदुवा, अलैचीलाई चीन र तेश्रो मुलुकसंग व्यपार सम्झौता गरेर विक्री गर्नका लागी बाम गठबन्धनको जित अपरिहार्य रहेको बताए ।
उनले इलाम नगरपालिका, देउमाइ लगायतका क्षेत्रका पर्यटिकय क्षेत्रहरुको विकास गर्दै पर्यटनको क्षेत्रमा जिल्लालाई अव्वल बनाउने योजना रहेको बताए । रोमनाथ अधिकारीको अध्यक्षतामा भएको चुनावी सभालाई एमालेको समानुपातिक उम्मेदवार मणी सुव्वा, जिल्ला समन्वय समितीका प्रमुख गणेश बराल, देउमाइ नगरपालिका प्रमुख सुर्यप्रसाद पोखरेल, राम राई, अशोक श्रेष्ठ, गिताराम रसाइली, चेत दवाडी लगायतले सम्वोधन गरेका थिए । बाम गठबन्धनले जिल्लाका विभिन्न क्षेत्रमा चुनावी सभा गर्दै आइरहेको छ ।