Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

समृद्ध देउमाई बनाउन हिडेको हुँ व्यक्तिगत स्वार्थ छैन् : उपप्रमुखका उम्मेदवार राम राई

समृद्ध देउमाई बनाउन हिडेको हुँ व्यक्तिगत स्वार्थ छैन् : उपप्रमुखका उम्मेदवार राम राई

  • लोकल सन्देश
  • शुक्रबार, बैशाख २३ २०७९


समृद्ध देउमाई बनाउन हिडेको हुँ व्यक्तिगत स्वार्थ छैन् : उपप्रमुखका उम्मेदवार राम राई

देउमाई : इलामको देउमाई नगरपालिका–२ तपेवाका स्थायी वासिन्दा माओवादी केन्द्रका युवा नेता राम राईले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि देउमाई नगरपालिकामा पाँच दलिय गठबन्धनबाट उपप्रमुख पदमा उम्मेद्वार रहेका छन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा नगर प्रमुख पदका प्रत्यासी राईले गठबन्धनका कारण कांग्रेसको भागमा नगर प्रमुख परेपछि यस उनलाई उपप्रमुखको रुपमा अघि सारिएको हो ।

नगर प्रमुखको उम्मेवादर बनिसक्नुभएको तपाई अहिले उपप्रमुखमा किन भन्ने प्रश्नको जवाफमा उनले भने, “मुलत अहिले हामी गठबन्धनबाट निर्वाचनमा जादैँ छौँ, यदि एकल प्रतिष्पर्धामा जादैँ थियो भने पनि निश्चय पनि पार्टीको पहिलो नेतृत्व नै लिने हुन्थ्यो , व्यक्तिगत इच्छा चाहनाले होइन, यहाँ हाम्रो पार्टीको भागमा उपप्रमुख परेको छ , गठबन्धन हुदैँ गर्दा मुल नेतृत्व सत्तामा जादाँ अलि बढी हस्तक्षेप बढ्ने, जनताको पक्षमा निर्णयहरु गराउन सकिने भएकाले आम कार्यकर्ता र शुभचिन्तकहरुको माग बमोजिम मैले उपप्रमुखमा उम्मेद्वारी दिएको हुँ ।”
को हुन राम राई’ ?
विद्यार्थीकालबाटै राजनितिमा होमिएका राईले तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा विभिन्न मोर्चामा रहेर काम गरेका थिए । २०४८सालमा बिधार्थी राजनीतिमा आवद्ध भएका राई २०५४ साल मा प्रतिबन्धित अखिल क्रान्तिकारी जिल्ला सदस्य २०५८ साल फाल्गुन २३ गते तत्कालिन शाही नेपाली सेनाबाट गिरफ्तारी भई मरणासन्नको यातना साथै कठिन जेल जीवन भोगेका थिए ।

२०६१ साल जेल मुक्त भए पछी २०६२ माघ ९ गते तत्कालिन शाही नेपाली सेनाको घेरा तोड्ने क्रममा सक्त घाईते उनको अहिले पनि शरिरमा गोलिको छर्रा भेटिन्छ । २०६३ सालमा माओवादी पाटीको इलाम जिल्ला सचिव बनेका राई हाल १ प्रदेश कमिटी सदस्य र इलाम जिल्ला सह–इन्चार्ज रहेका छन् ।

यस्तो छ उनको एजेन्डा
विकास निर्माणका साथसाथै शुसानयुक्त र भष्ट्राचार मुक्त नगरपालिका बनाउने उनको लक्ष्य छ । युवाहरुलाई व्यवसाय र रचनात्मक कार्यमा लाग्न अग्रसर गराउने योजना रहेको उनी सुनाउँछन् । साथै निःशुल्क शिक्षा, सरल र सहज तरिकाबाट स्वास्थ्य सेवा, निशुल्क स्वास्थ्य विमा, नेपालकै महंग करलाई ब्यस्थापन, ७० बर्षमाथिका बृद्धबृद्धाहरुलाई घरमै स्वास्थ्य जाँच सेवा, युवाहरुलाई खेलकुदमा आकर्षित गरि व्यवसायिक खेलाडी उत्पादन गर्न खेलकुद क्षेत्रमा लगानी बढाउने विषयगत खेलहरुको प्रशिक्षकको नियुक्त गर्ने उनको एजेन्डा छ ।

कृषकहरुलाई अनुदानका साथै मल विउविजन समयमै सहजतरिकाबाट उपलब्ध गराउने,दलित,जनजाति समुदायको जीवन स्तर उकास्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने, यहाँ रहेका सबै समुदायको भाषा संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने, पर्यटन विकासका लागि अभियानसहित व्यवसायीहरुलाई लगानीका लागि आकर्षित गर्ने योजना आफुले बनाएको राईले सुनाए ।

सुकुमबासी र अव्यवस्थितहरुको समस्या समाधान गर्ने न्याय सम्पादन प्रभावकारी गर्नै राजस्व परामर्श समितिको भुमिका समय सापेक्षित र प्रभावकारी बनाउने लगायतको आफ्नो चुनावी प्रतिवद्धता रहेको बताए । गठबन्धन सहित कांग्रेसको नेतृत्वमा चुनावी मैदानमा आएकाले गठबन्धन दलहरुबिच समृद्ध देउमाई बनाउने साझा घोषणापत्र बन्ने उनले बताए ।

देश र समाज परिवर्तनका लागि ज्यान बाजी राखेर जनयुद्धमा होमिएको स्मरण गर्दै आफुसंग व्यक्तिगत स्वार्थ नभएको उनले बताए । यस अघि चुनावमा पराजित हुदाँ पनि निरन्तर जनताको सेवामा समर्पित हुदैँ आएको र निर्वाचन जितेपछि जनताको सेवा गर्न अझ सहज हुने विश्वास व्यक्त गरे ।

गणतन्त्र, लोकतन्त्र, धर्म निरपक्षता, संघीयता समावेशिता, संविधानको रक्षा गर्न र देश विकासका लागि गठबन्धन बनेको बताउँदै केन्द्र जिल्ला र पालिकाको निर्देशन बमोजिम गठबन्धलाई मतदान गर्न आग्रह गरे । पाँच बर्षमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरुले देउमाई मुहार फेर्ने र मतदान गर्नै मतदाताहरुलाई शिर निहुराउने काम कदापी नगर्नै उनको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार