इलामको सूर्योदय नगरपालिकामा गठबन्धनका नेताहरुले नगर प्रमुख र उपप्रमुखका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष सदिप तामाङ, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कमल गदाल र नेपाली कांग्रेसका सभापति जीवन नेपालले संयुक्त विज्ञप्ती जारी गर्दै आ–आफ्ना पार्टीका नेता कार्यकर्ता मार्फत सम्पुर्ण मतदाताहरुमा मतदान गर्न आहवान गरेका हुन् ।
उनीहरुले गठबन्धन नभएका वडाहरुमा मित्रवत प्रतिस्पर्धा भएपनि नगर प्रमुखमा रणबहादुर राई र उपप्रमुख दुर्गा कुमार बराललाई मतदान गर्न अपिल गरिएको छ । विज्ञप्तीमा लेखिएको छ ‘गठबन्धनको उम्मेदवारका बारेमा अन्य समुहले विभिन्न भ्रम छर्ने काम भइरहेको हुँदा यस प्रति सचेत रही गठबन्धनमा रहेका पार्टी र कार्यकर्ताहरु सचेत भएर गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन हुन हामी संयुक्त रुपमा हार्दिक अनुरोध गर्दछौ ।’
गठबन्धन बिच कुनै पनि बिवाद र समस्या आएमा सम्बन्धित वडाको पार्टी इन्चार्ज वा जिम्मेवार नेताहरु मार्फत समाधान गर्ने आवश्यक परे माथिल्लो तहको कमिटीसंग समन्वय गर्ने बताइएको छ ।
