Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

जेष्ठ नागरिकको विच सिस्टरहुड इलामले मनायो तेश्रो बर्षगाठ

जेष्ठ नागरिकको विच सिस्टरहुड इलामले मनायो तेश्रो बर्षगाठ

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर ९ २०७४


जेष्ठ नागरिकको विच सिस्टरहुड इलामले मनायो तेश्रो बर्षगाठ

इलाम । सामाजिक कार्यमा सक्रिय युवतीहरुको फेसवुक ग्रुप सिस्टरहुड नेपाल इलामले माइभगवती बृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै आफनो तेश्रो बर्षगाठ मनाएको छ । सिस्टरहुडले बृद्धाश्रमममा आश्रय लिएका १२ जना जेष्ठ नागरिकहरुलाई साडी र ज्याकेट वितरण गरेको हो ।

इलाम नगरपालिका–१० राजदुवालीमा रहेको बृद्धाश्रममा आश्रित सवै जनालाई ज्याकेट वितरण गर्ने लक्ष्य भएपनि रकम अभावका कारण ९ जनालाई ज्याकेट वितरण गरिएको सिस्टरहुड इलामकी सदस्य विमोचना गुरुङले बताइन । अपुग ३ जनालाई केही दिनमा खरिद गरेर हस्तान्तरण गरिने भएको छ । सिस्टरहुड इलामले देउसीभैलो खेलेर संकलन गरेको ५ हजारमा कराते प्रशिक्षक योगेश चाम्लिङले नगद ३ हजार सहयोग गरिदिएका थिए भने समाजसेवी रोहित गुरुङले ६ वटा साडी खरिद गरेर प्रदान गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले जेष्ठ नागरिकहरुका विच केक काटेर तेश्रो बर्ष गाठ मनाए । जेष्ठ नागरिकहरु समाजको मागर्दशक भएकाले उनीहरु माझ बर्ष गाठ मनाउन पाउनु सौभाग्य रहेको गुरुङले बताइन । २०७१ साल मंसिर ७ गते चितवनबाट सुरु भएको फेसवुक ग्रुपले मंसिर महिनाभर आफना सदस्यहरु रहेको जिल्लामा विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको छ ।

त्यसैगरी आज नै सिस्टरहुड नेपाल झापाले चन्द्रगढि नगरपालिकाको सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । फेसबुक ग्रुप मार्फत नेपालका विभिन्न जिल्लाहरुबाट आपसमा परिचित भइ सामाजिक सञ्जाललाइ सकारात्मक रुपमा सदुपयोग गर्दै “केही गरौ“ भन्ने सोचका साथ सामाजिक कार्यका लागी परेको सिस्टरहुड इलामकी टिम लिडर सिसम राईले बताइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार