Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विवेकशिल साझा पार्टीकाे चुनावी सभा इलाममा हुँदै

विवेकशिल साझा पार्टीकाे चुनावी सभा इलाममा हुँदै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ८ २०७४


विवेकशिल साझा पार्टीकाे चुनावी सभा इलाममा हुँदै

इलाम । विवेकशिल साझा पार्टीकि केन्दिय सदस्य रञ्जु दर्शना इलाम आउने भएकि छिन।

प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा विवेकशिल साझा पार्टी चुनाव प्रचार प्रसार समिति इलामलको आयोजनामा मंसिर ९ गते इलामको सूर्योदय नगरपालिका फिक्कलमा हुने चुनावी आमसभालाई संबोधन गर्न दर्शना इलाम आउन लागेकी हुन। २१ बर्षको कलिलो उमेरमा काठमाण्डौ महानगरपालिकाको मेयर पदको उम्मेद्वार बनेर चर्चामा आएकी दर्शना पछिल्लो समय निकै लोकप्रिय बन्दै गएकी छिन।

आफुलाई वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गर्दै आएको विवेकशिल साझा पार्टीले इलाम क्षेत्र नं १ मा सचेन घलेलाई उम्मेद्वार बनाएको छ भने अन्य क्षेत्रमा उम्मेद्वार उठाएको छैन। दर्शनाका साथ अर्का केन्द्रिय सदस्य गोविन्द नारायण समेत इलाम आउने कार्यक्रम रहेको विवेकशिल साझाका मिडिया विभाग सदस्य इश्वरी दाहाल विश्वासीले जानकारी दिएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार