फिक्कल । अलैँँची विकास केन्द्र फिक्कलको ४६ औ स्थापना दिवस फार्म डे विभिन्न कार्यक्रम गरि मनाईएको छ । केन्द्रको सूर्योदय नगरपालिका ९ स्थीत कार्यलयको सभाहलमा केन्द्रका निमित्त प्रमुख भिष्मकान्त घिमिरेको अध्यक्षता एकं कोष तथा लेखा नियन्त्रण कार्यलय इलामका प्रमुख भुमिराज भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रले आफ्ना दुई जना मजदूर र एक जना कर्मचारीलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा बर्षको उत्कृष्ट पुरुष मजदूरमा पदम बहादुर तामाङ ,महिला उत्कृट मजदूरमा चन्द्रकला राई र बर्षको उत्कृष्ट कर्मचारीमा तुल बहादुर सुनुवार सम्मानित भएका छन् । सम्मानित सबैलाई सम्मान पत्रको साथ ब्लाङकेट प्रदान गरिएको छ । कर्मचारी दिलबहादुर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा केन्द्रका निमित्त प्रमुख घिमिरेले केन्द्रले गर्दै आएको कामको बारेमा जानकारी गराएका थिए। नेपाल सरकारको कृषि तथा पशुपछि विकास मन्त्रालय अन्तरगत रहेको अलैचि विकास केन्द्र नेपाल सरकारको एक मात्र अलैचि बालि हेर्ने कार्यलय भएको जानकारी गराउदै घिमिरेले केन्द्रले अलैचिको विरुवा उत्पादन अलैचिमा देखिएका समस्या समाधानमा अनुसन्धान तथा बिज्ञ परामर्स सेवा लगायत बालि बिज्ञानका अन्य बिभिन्न कार्यक्रम गरिरहेको जानकारी दिए।
अलैँची उत्पादन तथा विकास सम्बन्धमा कृषकलाई तालिम प्राविधिक सेवा बिशेषज्ञ सेवा अन्य कार्यलय सगँको सहकार्यमा थप समन्वयकारी भुमिका खेलिरहेको बताउनु भयो । केन्द्रले अलैँचीको बिउँ बेर्ना र प्रबिधिको राष्ट्रीय श्रोत केन्द्रको रुपमा अलैँची बाली उत्पादन सम्बन्धी उन्नत प्रविधिको प्रर्दशन लगायत महत्वपुर्ण कार्य गर्दै आएको घिमिरेले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी कोष तथा लेखा नियन्त्रण कार्यलय इलामका प्रमुख भुसालले अलैँची विकास केन्द्रले अलैँची खेतिको विकास र प्रर्वद्धनमा निक्कै सकरात्मक कार्य गरेको बताउनुहुदै अझ किसानमुखी भएर काम गर्न आग्रह गरे ।
थप प्रविधिको अवलम्बन गर्दै आधुनिक पद्धतिअनुसार आफना उत्पादनलाई अगाडी बढाउनपर्नेमा सहभागीले जोड दिएका छन् ।
नेपालमा खेति गरिने अलैँचीको उद्गम स्थल भारतको सिक्कीमलाई मानिन्छ । बि स १८३० को दशकमा पहिलोपटक सिक्किमबाट साविक जोगमाई गाविसको महत गाउँमा विरुवा ल्याई अलैँची खेतिको सुरुवात भएको इतिहास छ ।
अलैँचीको ब्यवसायिक खेति वि स १९०० पुर्वाधमा नेपालमा सुरुवात भएको हो र त्यसयता १९०० को दशककमा राणा सरकारले भारतको पटना र मिर्जापुरमा अलैँची कोठी स्थापनागरि बेचविखन सूरु गरे सगै अलैचि खेतिले ब्यवसायीक रुप पाउन सुरु गरेको हो हाल नेपालको ५३ जिल्लामा अलैँची खेति हुदै आएको छ ।
वि स २०३२÷३३ मा तत्कालिन सरकारले इलामको साविक फिक्कल गाविस वडा न ४ हालको सूर्योदयनगरपालिका ९ मा ३४५ रोपनी जग्गा खरिद गरी पुर्वाधारको विकास गरि केन्द्र स्थापना भएको हो । हाल अलैँची विकास केन्द्रको नाममा आवस क्षेत्र सहित ३ सय ७२ रोपनी जग्गा रहेको छ । अहिले रामसाई ,गोलसाई ,डम्बरसाई, जिर्मले, भार्लाङ, सिबेसाई , सेरिम्ना , मधुसाई , सिक्किमे लगायतका अलैँचीको खेति हुदै आएको छ ।