सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपको सेमीफाइनल खेल आज हुँदैछ । सन्दकपुर गाउँपालिका–३ स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा रेडहर्ष फुटबल क्ल्ब इलाम र नवप्रतिभा फुटबल क्ल्ब मोरङ विच प्रतिस्पर्धा हुँदैछ ।
त्यसैगरी आज नै दोश्रो सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन र सतासी स्र्पोटिङ क्लब विच प्रतिस्पर्धा हुनेछ । रेडहर्षले बुटाबारी फुटबल क्लबलाई हराउँदै सेमीफाइलन पुगेको हो । नवप्रतिभाले घरेलु टोली सन्दकपुर फुटबल क्लबलाई हराएको हो ।
त्यसैगरी जनता सेभेनले ज्यामिरगढी फुटबल क्ल्ब र सतासी स्र्पोटिङले रियल ब्रदर्श पथरी शनिश्चरेलाई हराएको थियो । सोमबार सतासीले रियल ब्रदर्शलाई २–० ले हराएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो ।
सतासीको जितमा सरोज लामा गुरुङ र डिकेन राईले गोल गरे । खेलको म्यान अफ दि म्याच सरोज घोषित भए । त्यसैगरी सोमबार नै सन्दकपुर गाउँपालिका कर्मचारी र सन्दकपुर भेट्रान विच मैत्रीपुर्ण खेल भएको थियो ।
खेल २–१ ले जित्दै भेट्रानले नगद १८ हजार प्राप्त गरेको छ । भेट्रानको जितमा चक्र मुखिया र च्याङ मुखियाले गोल गरे । कर्मचारीका सिद्धि गुरुङले सान्तवाना गोल फर्काए ।
आगामी बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा इलाम, झापा र मोरङको ८ टिमको सहभागिता रहेको छ । विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ । प्रतियोगितालाई सन्दकपुर गाउँपालिकाले मुख्य सहयोग गरेको छ ।