Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दूईको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दूईको मृत्यु

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर ६ २०७४


ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दूईको मृत्यु

इलाम । मेचीराजमार्ग अन्तरगत इलामको फिक्कलमा दूर्घटना हुँदा मोटरसाइकलमा सवार दूई जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ गइरहेको मे १ ख १९ ४२ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दूई जनाको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट झापादेखि इलामतर्फ आइरहेको ग १२ प ४८३ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको फिक्कल प्रहरी चौकी इलामका प्रमुख पवन रायमाझिले बताउनुभयो ।

मृत्यु हुनेमा तनहुँ व्यास नगरपालिका १ निवासी वर्ष २७ का सरद पौडेल र इलाम जिल्ला देउमाई नगरपालिका ५ निवासी वर्ष २५ की अस्मिता राई रहेकी छन् । मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र संगै रहेकी राईको उपचारका लागी झापातर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ९ बजे फिक्कल चौक नजिक भएको दुर्घटनाको अनुसंन्धानका लागि चालक सहित सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार