Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

निर्वाचनमा संचारमाध्यमको भुमिकाको बिषयक प्रशिक्षण सम्पन्न

निर्वाचनमा संचारमाध्यमको भुमिकाको बिषयक प्रशिक्षण सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर ५ २०७४


निर्वाचनमा संचारमाध्यमको भुमिकाको बिषयक प्रशिक्षण सम्पन्न

इलाम : जिल्ला निर्वाचन कार्यालय इलामको आयोजना र नेपाल पत्रकार महासंघ इलामको समन्वयमा आगामी मंसीर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाका संचारमाध्यम , संचारकर्मी , तथा पत्रकारहरु विच निर्वाचनमा संचारमाध्यमको भुमिका बिषयक एक दिने प्रशिक्षण सम्पन्न सम्पन्न भएको छ ।

आगामी निर्वाचनलाई लक्षित गदै निर्वाचन आचारसहिता, पत्रकार तथा संचारकर्मीको भुमिका के ? जस्ता लगायतका विषयमा तालिम दिइएको हो ।

जिल्ला समन्वय समितीको समिक्षालयमा सम्पन्न कार्यक्रममा बोल्दै जिल्ला समन्वय अधिकारी झरेन्द्र चापागाईले नेपालीहरुको पर्वको रुपमा रहेको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन सफल तथा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन बनाउँन सञ्चारकर्मीको महत्वपुर्ण योग्दान रहने बताए । उनले निर्वाचन सम्बन्धी समाचार प्रसारण तथा प्रकाशित गर्दा संचारकर्मीहरुले विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिए ।

जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफलेले निर्वाचनको माहोल बनाउन संचारकर्मीहरुको भुमिका अपरिहार्य भएकाले आसन्न निर्वाचन सफल पार्न सवैले आ–आफनो भुमिकालाई न्याय गर्नुपर्नेमा जोड दिए ।

तालिमलाई सहजिकरण गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुजन तिम्सिना, पुर्वअध्यक्ष रोहिचन्द्र भट्टराईले पत्रकारले निर्वाचनमा पालना गर्नुपर्ने नियम ,प्रेस स्वतन्त्रता , र यस्को विश्वब्यापी मान्यता , कानुनी बन्देज ,निर्वाचनलाई निश्पक्ष बनाउनको लागी पत्रकार तथा पत्रकारीताको भूमिका के ?? जस्ता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

तालिममा उपस्थित संचारकर्मीहरुलाई नमुना मतदान कार्यक्रममा पनि सहभागी गराइएको थियो । कार्यक्रममा जिल्लामा संचालित सञ्चार माध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार