Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सुतेको अवस्थामा मजदुर मृत फेला

सुतेको अवस्थामा मजदुर मृत फेला

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ४ २०७४


सुतेको अवस्थामा मजदुर मृत फेला

माइजोगमाई : इलाममा एक मजदुर सुतेको अवस्थामा मृत फेला परेका छन । इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्ने मजदुर इलाम नगरपालिका–३, पुवामझुवाका ५० वर्षिय गंगा बहादुर राना मगर मृत फेला परेको इलाका प्रहरी कार्यालय नयाँबजार प्रहरी नायव निरिक्षक सोमप्रसाद दुलालले जानकारी दिए ।

माइजोगमाई–५ सोयाङमा ३०/३२ जना मजदुर संगै बस्दै आएका राना विहान ओच्छयानमै मृत फेला परेका हुन । मदिरा सेवन गरेर साथी सँग झगडा गरेको भन्ने सम्मको जानकारी आफुहरुलाई स्थानियले सुनाएको दुलालले वताए । प्रहरीले सँगै रहेका मजदुरहरुलाई अनुसन्धान गरिरहेको छ ।

विगत दुई वर्ष देखी सो सडक निर्माणमा राना काम गर्दै आएका थिए । शरीरमा चोटहरू नदेखिए पनि घटना शंकास्पद रहेको दुलालले बताए । मगरको शवलाई पोष्टमार्टका लागी इलाम अस्पताल पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार