सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपको उद्धघाटन खेलमा सन्दकपुर फुटबल क्लब र नवप्रतिभा मोरङ खेल्ने भएका छन् । चैत्र २५ गतेबाट बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका ८ टिमको सहभागिता रहेको छ ।
देउराली स्र्पोटिङ क्लबको आयोजना हुने प्रतियोगितालाई सन्दकपुर गाउँपालिकाले संरक्षण गरेको हो । प्रतियोगितामा जनता सेभेन सूर्योदय, बुट्टाबारी युनाइटेड झापा, ज्यामिगढी फुटबल क्ल्ब मेचीनगर, रेडहर्स फुटबल क्ल्ब इलाम, शसस्त्र प्रहरी सुनसरी र सताक्षीधाम स्र्पोटिङ क्लब शिवसताक्षी झापा सहभागि छन् ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय र उपविजेताले ५० हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ . प्रतियोगिताको व्यक्तिगत विधामा म्यान अफ दि म्याच, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई नगद सहित पुरस्कृत गरिनेछ ।
सन्दकपुर गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुने प्रतियोगिताका लागि अनुमानित १० लाख खर्च हुने जनाइएको छ ।