Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईमा टाइफाइट विरुद्धको खोप लगाइने

माईमा टाइफाइट विरुद्धको खोप लगाइने

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १७ २०७८


माईमा टाइफाइट विरुद्धको खोप लगाइने

माई । इलामको माई नगरपालिकामा टाइफाइट खोप अभियान संचालन सम्बन्धि सरोकारवाला पत्रकारसंगको अभिमुखिकरण बैठक सम्पन्न भएको छ । माई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा शाखा प्रमुख पुष्कर कट्टेलले आगामी चैत्र २६ गतेबाट चैत्र ३० गते सम्म सञ्चालन हुने टाईफाईट खोपका बारेमा जानकारी दिएका थिए ।

कट्टेलका अनुसार खोप कार्यक्रम माईका सम्पुर्ण बिद्यालयहरु तथा सामुदायिक केन्द्रबाट सञ्चालन गरिने छ । टाईफाईट खोप अभियानमा १५ महिना पुरा भई १५ बर्ष सम्मका सबैलाई लगाईने समेत उनले जानकारी दिए । पुर्णखोप सञ्चालनका लागि दुई खोप लगाई सकेका बच्चालाई समेत अनिबार्य खोप लगाउन माईवासीमा प्रमुख कट्टेलले आग्रह गरे ।

खोप सञ्चालन रहदै गर्दा केही गलत हल्ला चल्ने भएकाले गलत हल्लाको पछाडी नलनग्न समेत आग्रह गरिएको छ । टाईफाईट खोप लगाउदा कसै–कसैलाई वाक–वाकी लाग्ने, शरिर फुस्रो हुने, मुटु ढुकढुक हुने, जस्ता सामान्य लक्ष्यण देखिन सकिने भन्दै त्यस्तो रहे समस्या समाधानका लागि स्वास्थ्यकर्मी घरदैलोमा नै गई सेवा दिईने जानकारी गराईएको थियो ।

टाईफाईट दुषित पानीको सेवनबाट लाग्ने गरिएको र टाईफाईटकै कारण नेपालमा धैरैको ज्यान जाने गरिएकाले रोकथामका लागि अभियान सञ्चालन गरिएको जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार