Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अब सिटामोलको मूल्य २ रुपैयाभन्दा बढी पर्ने

अब सिटामोलको मूल्य २ रुपैयाभन्दा बढी पर्ने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र ११ २०७८


अब सिटामोलको मूल्य २ रुपैयाभन्दा बढी पर्ने

काठमाण्डौ । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।

विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको भन्ने आयो । त्यसकारण ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भयो,’ विभागका प्रवक्ता सन्तोष केसीले भने । उनका अनुसार डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने छ ।

तर, सरकारको यो कदमको उपभोक्ता अधिकारकर्मीले भने विरोध जनाएका छन् । उनीहरुले क्निकल परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा मूल्य बढाउने हिसाबले थप तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिएको आरोप लगाएका छन् ।

‘मूल्य छु्ट्टै बढाउने भन्ने होइन । ५०० एमजीको जति छ, त्यसको हाराहारी र अन्तर्राष्टिय सन्दर्भ हेरेर मूल्य तोकिने छ,’ केसीले भने । यसअघि करिब ५० वर्षदेखि सिटामोल ५०० एमजीमा उत्पादन हुँदै आएको थियो । औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए ।

औषधि व्यवस्था विभागका उच्च कर्मचारीका अनुसार ५०० एमजीको २ र ६५० एमजीको सिटामोलको मूल्य साढे २ रुपैयाँ निर्धारण गरिएको छ । नेपाल औषधि उत्पादक संघको तथ्यांक अनुसार नेपाली बजारमा बार्षिक करिब ७ करोड चक्की सिटामोलको माग हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार