Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

स्पोर्टिङ इलाममा लेवनानी गोलरक्षक

स्पोर्टिङ इलाममा लेवनानी गोलरक्षक

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र ९ २०७८


स्पोर्टिङ इलाममा लेवनानी गोलरक्षक

इलाम । नेपाल सुपर लिग क्लब स्पोर्टिङ इलाम डी मेचीले लेवनानी गोलरक्षक भित्र्याएको छ । आसन्न एनएसएलको लागि इलामले लेवनानी राष्ट्रिय टोलीका गोलरक्षक मोहम्मद ताहालाई ल्याउने पक्का भएको क्लबका मालिक सुहाङ नेम्बाङले बताए ।

उनले विदेशी कोटाबाट ताहासंग इलाम टिममा सहभागि हुने बारेमा पक्का भइसकेको बताए । २३ वर्षीय ताहा हाल माल्दिभ्सको द्धिवेही प्रिमियर लिगमा क्लब इगलबाट खेलिरहेका छन् । उनी सम्मिलित क्लब लिगमा दोश्रो स्थानमा रहेको छ ।

राष्ट्रिय टोलीमा डेब्युको पर्खाइमा रहेका ताहाले लेवनानको यु–१९ टोलीबाट खेलिसकेका छन् । यसअघि इलामले विदेशी खेलाडी कोटाबाट नाथेनियल गार्सिया, पिटर सेगुन र अजयी मार्टिनलाई क्लबमा भित्र्याएको थियो ।

लामो समय देखि नेपालमा फुटबल खेल्दै आएका पिटर र अजयी सहिद स्मारक लिगमा सातदोबाटोबाट खेलेका थिए । ट्रिनिडा एन्ड टोवागोका गार्सियाले फ्रेन्डस क्लबलाई रेलिगेसन हुनबाट जोगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार