Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

विश्वकप लिग–टु : नेपाल र युएई भिड्दै

विश्वकप लिग–टु : नेपाल र युएई भिड्दै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र ४ २०७८


विश्वकप लिग–टु : नेपाल र युएई भिड्दै

इलाम । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले आज युएईसँग खेल्दै छ। सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो। युएई र नेपालबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

यूएई र नेपाल एसोसिएट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा ४ पटक आमनेसामने भएका छन्। जसमा नेपाल र यूएई दुवैले २(२ पटक जित हात पारेका छन्। सन् २०१९ मा नेपालले युएईलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएको थियो।

तीन खेलको सिरिजमा पहिलो खेलमा पराजित भएपनि नेपालले बाँकी २ खेलमा कमब्याक गर्दै ऐतिहासिक सिरिज जितेको थियो। विश्वकप समेत खेलिसकेको यूएई पछिल्लो समय एसोसिएट राष्ट्रको पावर हाउसको रुपमा स्थापित हुँदै छ। गत महिना ओमानमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा समेत नेपालको लागि यूएई तगारो बनेको थियो।

नेपाल १० अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ। युएई १५ खेलमा ८ जित र ५ हार तथा एक खेलमा अंक बाँड्दै १८ अंकसहित दोस्रो स्थानमा रहेको छ। सन् २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोली सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार