Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

इलाम सहित ७ नगरपालिका उत्कृष्ट

इलाम सहित ७ नगरपालिका उत्कृष्ट

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन २९ २०७८


इलाम सहित ७ नगरपालिका उत्कृष्ट

फिक्कल : वन वातावरण, जयवायु परिवर्तन बिधातर्फ इलाम नगरपालिका उत्कृष्ट भएको छ। नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको हो । २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिका घोषणा गरेको छ।

संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका, स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट घाेषित भएकाे हाे ।

 सामाजिक विकास तर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् ।वन वातावरण, जयवायु परिवर्तन बिधातर्फ इलाम नगरपालिका उत्कृष्ट भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार