Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भाग्योदयमा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ गठन

भाग्योदयमा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ गठन

  • गोपाल गिरी
  • शुक्रबार, फाल्गुन २७ २०७८


भाग्योदयमा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ गठन

कन्याम । सुर्योदय नगरपालिका–७ गोगनेमा अवस्थित श्री भाग्योदय आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । शिक्षा प्रेमी, अभिभावक,राजनीतिक दलका प्रतिनिधि,शैक्षिक सरोकारवालाहरु तथा जनप्रतिनिधि सहितको भेलाले आगामी कार्यकालको लागि पुनः अमृत कटुवाल लाई अध्यक्ष मा चयन गर्दै ११ सदस्यीय समिति गठन गरेको हो ।

२ चरणमा सम्पन्न कार्यक्रममा पहिलो चरणमा व्यवस्थापन समिति र दोस्रो चरणमा अभिभावक संघ गठन गरिएको थियो । व्यवस्थापन समिति का अन्य पदाधिकारीहरुमा विनोद घले, यमुना भट्टराई ,जानुका सापकोटा ,तीर्थराज पौडेल ,रीताराज पौडेल ,गजे घले, धनबहादुर राई ,डिककुमारी घले तथा शिक्षक प्रतिनिधि अर्जुनकुमार राई र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक तेजराज आचार्य रहेका छन्।

त्यसै गरि दोस्रो चरणको कार्यक्रम अन्तर्गत शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । अध्यक्षमा धनबहादुर राई, रहेका छन् । सदस्यहरुमा पुष्पा राई, शर्मिला राई , शरण राई, तुलसा पौडेल ,पुण्यमाता राई, वीरवहादुर राई ,मित्रलाल भट्टराई ,रत्न माया घले लगायतका रहेका छन् ।

कार्यक्रममा शिक्षा सँग सम्वन्धित भएर भूत पुर्वअध्यक्षहरु डम्बरबहादुर कटुवाल, ज्ञानबहादुर घले, सदस्य हेमन्ता गड्तौला,वडा सदस्य गंगादेवि खतिवडा लगायतका वक्ताहरुले भनाईहरु राखेका थिए। कार्यक्रम संंचालन विद्यालयका प्रधानाध्यापक तेजराज आचार्यले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार