Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

गोलकिपर एन्जिला सहित ५ खेलाडी पिपल्स च्वाइसको मनोनयनमा

गोलकिपर एन्जिला सहित ५ खेलाडी पिपल्स च्वाइसको मनोनयनमा

  • लोकल सन्देश
  • आइतबार, फाल्गुन २२ २०७८


गोलकिपर एन्जिला सहित ५ खेलाडी पिपल्स च्वाइसको मनोनयनमा

इलाम । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सहित ५ जना खेलाडी एनएसजेएफ स्र्पोट्स अवार्डको पिपल्स च्वाइसमा परेका छन् ।

आज खेलकुद पत्रकार मञ्चले एक कार्यक्रमका विच एन्जिला सहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पिपल्स च्वाइजको लागि मनोनय गरिएको हो ।

पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् । पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको छ ।

त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको छ ।स्पोर्ट्स अवार्ड चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुने छ ।

एन्जिला तुम्बापो-फुटबल 

राष्ट्रिय महिला फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा २०७७ साल फागुनमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपीएफ क्लबकी सदस्य हुन् । उनले राष्ट्रिय लिगको १२ खेलमा मात्र एक गोल बेहोरेकी थिइन् ।

उनले पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा मासा युनाइटेडको कप्तानी गर्दै नेपाली महिला फुटबलको छविलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो योगदान पुर्याइन् ।

‘आज मलाई एकदमै खुशी लागेको छ, विगत ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएकी छु, यसको मुल्याङ्कन गरेर मलाई मनोनयनमा राखिदिनु हुँदा मलाई एकदमै धेरै खुशी लागेको छ,’

उनले भनिन्, ‘मलाई यहाँसम्म आइपुग्न सहयोग गर्नुहुने, टिम मेम्बर, परिवार सबैलाई धेरै धन्यवाद ।’महिला फुटबललाई यहाँसम्म पुर्याउन सञ्चारमाध्यमको सधैँ साथ महत्त्वपूर्ण रहेको बताउँदै एन्जिलाले आगामी दिनमा पनि साथको अपेक्षा गरिन् ।

एलिना मर्हजन– टेबलटेनिस
एलिना महर्जन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् । एलिनाले दक्षिण एसियाली खेलकुदको १२ र १३ औं संस्करणमा लगातार दुई पटक महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल भएकी थिईन् ।

एलिना खेलाडीमात्र नभएर स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीमा प्रशिक्षण समेत दिइरहेकी छन् र टेबलटेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय भएर लागेकी छन् ।

सामाजिक कार्यमा पनि क्रियाशील रहेकी एलिनाले १३ औं सागबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायतमा सहयोग गरेकी थिइन् । टेबलटेनिस परिवारमा हुर्केकी एलिनाको दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन र भाउजु नविता श्रेष्ठ सबै राष्ट्रिय खेलाडी हुन् ।
कुशल भुर्तेल– क्रिकेट
कुशल भुर्तेल नेपाली क्रिकेटले आशा गरेका प्रतिभावान खेलाडी हुन् । कुशलले ११ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दा एक शतक तथा पाँच अर्धशतकसहित कुल ४ सय ९८ रन बनाउन सफल भएका छन् ।

कुशल आईसीसी टी–ट्वान्टी वरीयतामा ३१ औं स्थानमा रहेका छन् जुन नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट वरीयता हो । कुशलले नेपालका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित एक सय ४४ रन जोडेका छन् । घरेलु क्रिकेटमा कुशल नेपाल पुलिस क्लबका भरपर्दा ओपनर हुन् ।
प्रिन्स दाहाल– ब्याडमिन्टन
प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताका नम्बर वान खेलाडी हुन् । घरेलु ब्याडमिन्टनमा पनि दबदबा कायम राखेका प्रिन्सले सिन्धुपाल्चोकमा तोप–२१ राष्ट्रिय ब्याडमिन्टनको सिनियरतर्फ रत्नजित तामाङलाई हराउन सफल भएका थिए ।

प्रिन्सले पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ लगातार दुई पटक उपाधि जितेका छन् भने उनी साइनो कप राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन पनि बन्न सफल भए ।

उनले इन्डिया इन्टरनेसनल च्यालेन्जमा सिनियरतर्फ सहभागिता जनाएका थिए । २०२४ को ओलम्पिक प्रोजेक्टका लागि छनोट भएका प्रिन्स विश्वक वरियतामा सातौंदेखि तेस्रो हुँदै नम्बर वानसम्म पुगेका हुन् ।

सन्तोषी श्रेष्ठ– एथलेटिक्स
सन्तोषी मध्यम दुरीको दौडकी अब्बल धाविका हुन् । उनले १३ औं सागदेखि २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म सहभागिता जनाएको ९ वटै प्रतियोगिता स्वर्ण पदक हात पार्न सफल भएकी छन् ।

सन्तोषीले हाफ म्याराथनमा पहिलो स्वर्ण नेपालगन्ज हाफ म्याराथन २०७८ मा जित्दा निर्धारित दूरी १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिईन् ।

१३ औं सागमा १० हजार मिटरकी स्वर्णधारी सन्तोषीले २०७७ फागुनमा आयोजना भएको गोल्डेन स्प्रिन्ट मिटका उत्कृष्ट खेलाडी समेत हुन् । गणेशमान सिंह स्मृति १० के रोड रेस ९२०७७० मा च्याम्पियन बन्दा सन्तोषीले ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान भंग गरेकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार