Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

शिवरात्री कप फुटबल प्रतियोगिताको दोस्रो चरणको ४ खेल सम्पन्न

शिवरात्री कप फुटबल प्रतियोगिताको दोस्रो चरणको ४ खेल सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन २१ २०७८


शिवरात्री कप फुटबल प्रतियोगिताको दोस्रो चरणको ४ खेल सम्पन्न

नयाँबजार । माईजोगमाई गाउँपालिका–६ प्याङमा जारी शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको शुक्रबार दोश्रो चरणको ४ खेल सम्पन्न भएको छ । पहिलो खेलमा टारी फुटबल क्लव बिजयी भएको छ । कुवापानी फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउन सफल रहयो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट १÷१ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा पुगेको थियो । दोस्रो खेलमा वाङ्गीन फुटबल क्लव ए फराकिलो अन्तरले बिजयी भएको छ । उसले योङ ब्याचलाई ७–१ गोल अन्तरले हराएको हो । तेस्रो खेलमा रेड डेभिल्स बिजयी भएको छ । उसले प्याङ–२ लाई ५–२ गोल अन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो ।

अन्तिम खेलमा श्रीजंगा समाज प्याङ–२ बिजयी भएको छ । उसले सुनाखरी खेल संघ जमुनालाई ३–१ गोल अन्तरले हराउन सफल रहयो । खेलको बिजेताले नगद १ लाख साथमा ट्रफी मेडल प्रमाण पत्र पाउने छ । उपबिजेताले नगद र ५० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छन् ।

प्रतियोगिताको बिजेता टिमको पुरस्कार माईजोगमाई गाउँपालिका र दोश्रो पुरस्कार खनाल कन्स्ट्रक्सन इलामले व्यवस्था गरिदिएको छ । प्याङ खेलकुद बिकास समितिको आयोजनामा प्याङ माध्यमिक बिद्यालयको खेल मैदानमा संचालन भएको प्रतियोगिताको फाइनल फागुन २२ गते हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार