Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रुस–युक्रेन युद्ध : प्रभावित ५ सय ११ जना नेपाली सुरक्षित स्थान

रुस–युक्रेन युद्ध : प्रभावित ५ सय ११ जना नेपाली सुरक्षित स्थान

  • टिकाराम चापागाई
  • शुक्रबार, फाल्गुन २० २०७८


रुस–युक्रेन युद्ध : प्रभावित ५ सय ११ जना नेपाली सुरक्षित स्थान

रोमानिया : युक्रेनमा उत्पन्न पछिल्लो संकटबाट प्रभावित ५ सय ११ जना नेपाली सुरक्षित स्थानमा पुगेका पुगेका छन् । ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी र ४ माल्दावा पुगेका हुन् ।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समिति को बैठकलाई बिहीबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिए । उद्धार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको समेत उनले बताए ।

युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ । बैठकलाई सम्बोधन गर्दै उद्दार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनमा करिब ४० जनाको परिवार स्थायी बसोबास गर्दै आएकाले पारिवारिक र व्यवहारिक कारणले युक्रेन छोड्न नसकेको जानकारी दिए ।

संघको पोल्याण्ड राष्ट्रिय समितिलाईअप्ठ्यारोमा परेका नेपालीलाई आर्थिक सहयोग समेत गराउने उद्देश्यले आर्थिक संकलनको लागि अनुमति दिएको छ । एनआरएनए पोल्याण्डको सकृयतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाईएको छ। बैठकमा रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले युद्व प्रभावित नेपालीहरुको समस्याका बारेमा जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार