Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

फरवार्ड नवयुग पनि अनसोल्ड

फरवार्ड नवयुग पनि अनसोल्ड

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २० २०७८


फरवार्ड नवयुग पनि अनसोल्ड

त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ एनएसएलमा अनसोल्ड भएका छन् । गत सिजन पोखरा थन्डर्सबाट एनएसएल खेलेका नवयुथलाई एउटा कुनै पनि टोलीले खरिदका लागि इच्छा देखाएनन् । नवयुग चोटमुक्त भइसकेका छैनन् । चोटका कारण उनले यसपटकको सहिद स्मारक ए डिभिजन लिग गुमाएका थिए ।

थ्री स्टार क्लबका कप्तान विक्रम लामा एनएसएलमा अनसोल्ड भएका छन् । नवयुग र विक्रम दुवै ए क्याटागोरीका खेलाडी हुन् । एनएएसलमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । ए क्याटागोरीका खेलाडीको न्युनत्तम मुल्य १ लाख ५० हजार रुपैयाँ हेको छ । चोटका कारण विक्रमले थ्री स्टारका पछिल्ला खेलहरु गुमाएका थिए ।

राष्ट्रिय टोली तथा हिमालयन शेर्पा क्लबका गोलकिपर एनएसएलको दोस्रो संस्करणका लागि विराटनगर सिटी एफसी गोल्डेन बजरमा प्राप्त गरेको छ । गोल्डेन बजरबाट प्राप्त गर्ने खेलाडीलाई अधिकत्म मुल्य तिनुपर्ने हुन्छ । ए क्याटागोरीका खेलाडीका अधिकत्म मुख्लय ३ लाख ५० हजार रुपैयाँ रहेको छ । अक्सनमा रहेका १० टोलीले गोल्डेन बजरमार्फत एउटा टोलीले एक जना खेलाडी किन्न पाउने प्रावधान छ ।

त्रिभुवन आर्मी क्बलका डिफेन्डर सुमन अर्याललाई बुटवल लुम्बिनी एफसीले गोल्डेन बजरमा किनेको छ । अर्को डिफेन्डर आशिष गुरुङ ३ लाख ५० हजारमा विक्री भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा गोलाप्रथामा आशिष साविक विजेता काठमाडौं रेजर्समा परेका थिए । ए क्याटागोरीका उनलाई ४ टोलीले किन्न चाहेका थिए । हिमालयन शेर्पा क्लबका उनले गत वर्षपनि काठमाडौं रेजर्सबाटै खेलेका थिए ।

गत सिजन काठमाडौंबाट खेल विश्वास श्रेष्ठ विरगन्ज युनाइटेडमा पुगेका छन् । ७ क्लबले उनलाई किन्न इच्छा देखाएपनि गोलापर्थामा उनी विरगन्ज पुगेका हुन् । बी क्याटागोरीका उनी १ लाख ५० हजार रुपैयाँमा विक्री भएका हुन् । राष्ट्रिय टोली मनीष डाँगीलाई एनएसएल टोली विराटनगर सिटी एफसीले किनेको छ ।

विराटनगरले उनलाई १ लाख ५० हजारमा किनेको हो । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग जित्दा टोलीका सदस्य रहेका मनीषले एनएसएलको पहिलो संस्करणमा पनि विराटनगरबाटै खेलेका थिए । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट ९एनएसइएम०को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् । एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार