नयाँबजार । नेपाल र भारतका अवतारी लामा गुरुहरुको निधिन भएपछि यस वर्षको ग्याल्बो ल्होसारमा औपचारीक रुपमा मनाइएन । कारोना माहामारी र कालगतिले लामा गुरुको निधनले गर्दा अघिल्ला वर्षहरु झै यस वर्ष ग्याल्बो ल्होसारका अवसरमा अनौपचारीक पुजा मात्रै आयोजना गरिएको हो ।

हिमाली भेगमा बसोवास गर्ने शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउँछन् । तर यस वर्ष इलामको हिमाली क्षेत्रमा बसोबास गर्ने सेर्पा समुदायका लागि ग्याल्बो ल्होसार उल्लासपूर्ण हुन नसकेको हो । सेर्पा समुदायको आस्थाका केन्द्रका रुपमा रहेका गुम्बाहरुका लामा गुरुहरुको निधन भएपछि ग्याल्बो ल्होसार उल्लासपूर्ण बन्न नसकेको हो ।
लामागुरुहरुको निधन भएपछि इलामको हिमाली क्षेत्रका ऐतिहासिक गुम्बाहरुमा वृहत पुजा आयोजना गरिएन । यी गुम्बाहरुमा अघिल्लो वर्ष ग्याल्बो ल्होसारका अवसरमा वृहत पुजा आयोजना गरि सबै जातजाति र धर्ममा आस्था राख्नेहरुलाई आमन्त्रण गरि प्रसाद वितरण गरिँदै आएको थियो ।

ग्याल्बो ल्होसारमा भारत, भुटान, चिन र म्यानमारसम्मका लामागुरु बोलाएर तीन दिने पुजा आयोजना गरिँदै आएको थियो । तर माहामारी र कालगतिले नेपाल र भारतका अवतारी गुरुहरुको निधिन भएकाले ग्याल्बो ल्होसारमा सानो पुजा मात्रै आयोजना गरिएको साङ्छोलिङ गुम्बा इलामका लामा गुरु पेम्बा सेर्पाले बताए ।
शेर्पा समुदायको २१ सय ४९ औं ग्याल्बो ल्होसारको अवसरमा सरकारले सर्वजनीक विदा समेत दिएको छ । ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन रहेपनि यसपालि कमै मात्र भएको छ ।

तीन दिनसम्म विशेष महत्व दिएर पुजा गर्ने समुदायले यस वर्ष अनौपचारीक मात्रामा मात्रै पुजा गरेका हुन् । नेपाल र भारतको सक्किमका अवतारी लामा गुरुको निधन भएकाले विधिगत रुपमा मात्रै ग्याल्बो ल्होसारमा गुम्बाहरुमा पुजा गरिएको हो ।
वृहत कार्यक्रम नगरि तीन दिने पुजा मात्रै गर्न लामा गुरुहरुले गुम्बाहरुलाई निर्देशन दिएका थिए । अवतारी लामा गुरुहरुको निधिनमा ग्लाल्बो ल्होसारको बिषेश परिकार खाप्सियो घोप्टो पारेर पुजा गरिएको थियो । मैदाबाट बनाइने खाप्सियो ग्याल्बो ल्होसारमा खाने बिषेश परिकार हो ।