- शान्तिराम बस्नेत
शिवसताक्षी : झापाको झिलझिलेमा जारी दोश्रो टुर्वोग सताक्षी गोल्डपको तेश्रो दिनको खेलमा गत संस्करणको उपविजेता अग्नी रुपन्देही ११ बिजयी भएको छ । उसले मोरङ्ग ११ माथी ३–१ को गोल अन्तरको जित दर्ता गर्यो ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सम्पन्न खेलको १५औं मिनेटमा मोरङ्गले अग्रता लिएको थियो । उसको लागी जर्सी नं. १५ का खेलाडी मनिष थापाको डिबक्स भित्रको पासलाई सदुपयोग गर्दै जर्सी नं. ११ का सुनिल खड्काले पोष्टको दिशा दिएका थिए ।
३ विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रुपन्देहीले खेलको ४७औं मिनेटमा बरावरी गोल फर्कायो । उसका तर्फबाट जर्सी नं. ७ का विदेशी खेलाडी अबाले जर्सी नं. ११ का अमर डंगोलको पासलाई सदुपयोग गर्दै बराबरीमा ल्याए । खेलको ७४औं मिनेटमा अबाको पासलाई कुनै गल्ती नगरी अमर डंगोलले अग्रता २–० बनाए ।
खेलको इन्जुरी टाइम जर्सी नं. ५ का खेलाडी बिजय धिमालले गरेको शसक्त प्रहार समेत गोलमा परिणत भएपछि रुपन्देही ३–१ को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको छ । उस्ले मंसिर ३ गते हुने दोश्रो सेमीफाइनलमा मनाङ मस्याङदीसंगको भेट पक्का गरेको छ ।
खेलको म्यान अफ द म्याच रुपन्देही ११ का अबा भए । शनिबार दुई विभागीय टीम एपीएफ र त्रिभुवन आर्मी आमनेसामने हुँदैछन ।