Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

देउमाई गोल्डकप : उपाधिको लागि भेनस र हेलिबोथ भिड्ने

देउमाई गोल्डकप : उपाधिको लागि भेनस र हेलिबोथ भिड्ने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन १३ २०७८


देउमाई गोल्डकप : उपाधिको लागि भेनस र हेलिबोथ भिड्ने

इलाम । इलाममा जारी प्रथम देउमाई गोल्डकपको उपाधिको लागि भेनस एफसी सूर्योदय नगरपालिका र हेलिबोथ एफसी बिब्ल्याटे भिड्ने भएका छन् । भानुभक्त माविको छात्रावास खेलमैदानमा अन्तिम सेमिफाइनल खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै भेनसले हेलिबोथसँग फाइनल भेट पक्का गरेको हो ।

यसअघि पहिलो सेमीफाइनल खेलमा क्लब ओएसिसलाई हराउँदै हेलिबोथले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । भेनसले टाइब्रेकरमा २–० गोलले पराजित गर्दै पाहुना टोली पाँचथरलाई पाखा लगाएको थियो । निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएकोे हो । खेल सुरु भएको २ मिनेटमै भेनसका लागि सुसन कार्कीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, फिदिमका लागि १६औँ मिनेटमा पाएको पेनाल्टीबाट खेलमा फर्किएको थियो । जसमा कप्तान गजेन्द्र राईले गोल गरेका थिए ।

पहिलो हाफमा दुवै गोल भएको थियो । त्यसपछिको समयमा दुवै टोलीले पाएको केही गोलका अवसर खेर फालेका थिए । जितसँगै भेनसले कम्तिमा ५० हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ दी म्याच भेनसका गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २ हजार पाए । उनले टाइब्रेकरमा फिदिमको २ प्रहार रोकेका थिए ।

युनाइटेड देउमाई युथ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल शनिबार दिउँसो हुनेछ । विजेताले नगद १ लाखसहित ट्रफी पाउने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार