माई । इलामको माई नगरपालिका–७ मा जारी दोश्रो महमाई पुरुष तथा महिला मिनी गोल्डकपको सेमीफाइनल र फाइनल भिड्ने टिम पक्का भएको छ । प्रतियोगिताको पुरुष तर्फको अन्तिम क्वाटरफाइनल खेल सम्पन्न भएसंगै सेमीफाइनलमा भिड्ने टिम पक्का भएको हो ।
त्यसैगरी महिला तर्फ अन्तिम सेमीफाइनल खेल सम्पन्न भएसंगै उपाधिका लागि भिड्न् टिम तय भएको हो । प्रतियोगिता अन्र्तगत अन्तिम क्वाटरफाइनल खेलमा एमएफसी चुलाचुलीलाई ४–० गोल अन्तरले हराउँदै खुदुनाबारी स्पोटिङ क्लब सेमीफाइनल प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच विजेता टिमका हरि मगर घोषित भए ।
त्यसैगरी महिला तर्फ आयोजकलाई १–० गोल अन्तरले हराउँदै जुनतारा खुदुनाबारीले फाइनलमा स्थान बनाएको छ । खेलको वुमन अफ दि म्याच विजेता टिमकी ममता राउत घोषित भइन् । प्रतियोगिता अन्तरगत पुरुष तर्फ सेमीफाइनलका खेलमा रातेखाल झापा र एभरग्रीन लक्ष्मीपुर तथा खुदुनाबारी र लायन्स शनिश्चरे भिड्दैछन् ।
तरुण दल महामाई–७ को आयोजना र महमाई एकता क्लबको सहआयोजनामा भएको प्रतियोगिताको विजेताले ५१ हजार तथा उपविजेताले २० हजार प्राप्त गर्नेछ । महिला तर्फको विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ८ टिमको सहभागिता रहेको थियो । फाइनल खेल आगामी फागुन १४ गते विविध सांस्कृतिक कार्यक्रमका बिच हुनेछ ।