Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पुण्य स्मारिकाको ३४ औ बार्षिक उत्सव सम्पन्न

पुण्य स्मारिकाको ३४ औ बार्षिक उत्सव सम्पन्न

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन ११ २०७८


पुण्य स्मारिकाको ३४ औ बार्षिक उत्सव सम्पन्न

फिक्कल ।  इलामको सूर्योदय नगरपालिका–११ मा रहेको पुण्य स्मारिका आधारभुत विद्यालयले ३४ औ बार्षिक उत्सव एक कार्यक्रमका बिच मनाएको छ । विद्यालयले सांस्कृतिक कार्यक्रम र सम्मान गर्दै बार्षिक उत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार राईको अध्यक्षता एवम नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडाध्यक्ष टेकबहादुर राई र डोलेन्द्र भारद्धाजको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वेच्छिक अवकाश शिक्षक लक्ष्मी सापकोटा, अक्षयकोषदाता विष्णुकुमार देवान, बालविकास शिक्षक मिनु राई लगायतलाई सम्मान गरिएको थियो । स्वेच्छिक अवकाश शिक्षक सापकोटाले विद्यालयलाई एक थान सरस्वतीको प्रतिमा समेत प्रदान गरेकी थिइन् । बार्षिक उत्सव कार्यक्रम उद्घाटन गर्दै सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले शैक्षिक क्षेत्रका लागि अभिभावकहरुलाई जागरुक बनाउन विभिन्न कार्य भएको बताए ।

कार्यक्रममा प्रधानाध्यापक डिल्लीराम पौडेलले आर्थिक वर्ष २०७७।७८ को कुल ८४ लाख बराबरको आय व्यय विवरण प्रस्तुत गरेका थिए । २०४४ सालमा स्थापना भएको विद्यालय सूर्योदय नगर क्षेत्रमा नमुना विद्यालयको रुपमा रहेको भन्दै वक्ताहरुले प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य , गीत र नाटक प्रस्तुत गरेका थिए । विद्यालयमा दुइ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा अभिभावकहरुलाई परिचयपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा वडा नं ११ को कार्यालयबाट सृजना टोललाई ४० थान कुर्सी वडाध्यक्ष टेकबहादुर राईले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार