Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

महमाई मिनी गोल्डकप : डाँगीबारी, खुदुनाबारी र जुनतारा बिजयी

महमाई मिनी गोल्डकप : डाँगीबारी, खुदुनाबारी र जुनतारा बिजयी

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन ८ २०७८


महमाई मिनी गोल्डकप : डाँगीबारी, खुदुनाबारी र जुनतारा बिजयी

माई । इलामको माई नगरपालिका–७ मा जारी दोश्रो महमाई नकाउट पुरुष तथा महिला मिनी गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत डागीबारी, खुदुनाबारी र जुनतारा बिजयी भएका छन् । पुरुष तर्फको पहिलो खेलमा सितली फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै डाँगीबारी युवा क्लब झापा क्वाटरफाइनल प्रवेश गरेको छ ।

डाँगीबारीको जितमा गणेश हेमरमले निर्णायक गोल गरे । त्यसैगरी दोश्रो खेलमा पलासे युवा क्लबलाई ४–१ गोल अन्तरले हराउँदै खुदुनाबारी स्पोर्टिङ क्लबले समेत क्वाटरफाइनल स्थान बनायो । खुदुनाबारीको जितमा चेतन घतानी, आयुष बुढाथोकी, बिक्रम तामाङ र विशाल खवासले गोल गरे । पलाँसेका विनय मगरले सान्तवना गोल फर्काए ।

महिला तर्फको खेलमा कालीखोलालाई ५–० गोल अन्तरले हराउँदै जुनतारा स्पोर्टिङ क्लब खुदुनाबारीले सेमीफाइनलमा स्थान बनायो । जुनतारालाई जित दिलाउन सहारा दहालले २ गोल गरिन् । पवित्रा राई, ममता राउत र गंगा राईले समान १–१ गोल गरे ।

प्रतियोगिता अन्र्तगत आज पुरुष तर्फ डिएफसी अर्जुनधारा र इभर ग्रीन लक्ष्मिपुर तथा मोरङ्गे झोडा चुलाचुली र गुनमुने चिसापानी बिच प्रतिस्पर्धा हुँदैछ । महिला तर्फ माङ्सेबुङ र पलाँसे बिच खेल तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार